२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्रानडासँग बराबरीमा रोकियो बार्सिलोना



अ+ अ-

काठमाडौँ । स्पेनिस फुटबल लिग ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ । गएराति भएको खेलमा बार्सिलोनाले ग्रानडासँग ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको १४ औं मिनेटमा लामिने यामलले गोल गर्दै घरेलु टोली बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए । ४३ औं मिनेटमा रिकार्ड सान्चेजले गोल गर्दै ग्रानडालाई १–१ को बराबरीमा ल्याए ।

६० औं मिनेटमा फाकुन्डो पेलेस्त्रीले गोल गर्दै ग्रानडालाई २–१ ले अघि बढाए । ६३ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई २–२ को बराबरीमा ल्याए । यता, ६६ औं मिनेटमा इग्नासी मिक्वेलले गोल गर्दै ग्रानडालाई ३–२ गोलले अघि बढाए ।

८० औं मिनेटमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै यामलले बार्सिलोनालाई ३–३ को बरबरीमा ल्याएर हारबाट जोगाए । बार्सिलोना २४ खेलबाट ५१ अंकका साथ तालिकाको तेस्रो स्थानमा रहँदा ग्रानडा १३ अंकका साथ १९ औं स्थानमा छ ।