२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा १७ औं मिनेटमा रासमस होलन्डले गोलबाट युनाइटेडले अग्रता लिएको थियो । ६७ औं मिनेटमा डुगलास लुइजले गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ८६ औं मिनेटमा स्कट म्याकटोमीनेले गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो नतिजासँगै एस्टन भिल्ला २४ खेलबाट ४६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । युनाइटेड ४१ अंकका साथ छैटौं स्थानमा छ ।