• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई हरायो



काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २–१ गोलले पराजित गरेको हो ।

एस्टन भिल्लाको घरेलु मैदान भिल्ला पार्कमा भएको खेलमा १७ औं मिनेटमा रासमस होलन्डले गोलबाट युनाइटेडले अग्रता लिएको थियो । ६७ औं मिनेटमा डुगलास लुइजले गोल गर्दै भिल्लालाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, ८६ औं मिनेटमा स्कट म्याकटोमीनेले गोल गर्दै युनाइटेडलाई जित दिलाए । यो नतिजासँगै एस्टन भिल्ला २४ खेलबाट ४६ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ । युनाइटेड ४१ अंकका साथ छैटौं स्थानमा छ ।