• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo

काठमाडौँमा हत्याका दुई घटना : दुई आरोपी पक्राउ



काठमाडौँ । काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा शनिवार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन्भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तर आरोपीहरुको पहिचान खुलाइएको छैन ।

उक्त दुवै घटनाको विषयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले बताउनुभयो ।