२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँमा हत्याका दुई घटना : दुई आरोपी पक्राउ



अ+ अ-

काठमाडौँ । काठमाडौँको गौशालास्थित एक होटलमा महिलाको हत्या र टोखाको एक टहरोमा युवकको हत्याका आरोपीलाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका– ९ गौशालास्थित सिरहा धनुषा होटल एन्ड लजमा शनिवार एक महिला मृत भेटिएकी थिइन् । एक पुरुषसँग आएकी महिला प्रमिला दमाईँ कोठामै मृत भेटिएकी थिइन्भने उनीसँगै आएका पुरुष फरार थिए । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

शनिबार नै काठमाडौँको टोखास्थित एक टहरोमा दिपेश खड्का मृत भेटिएका थिए । उनको पनि हत्या भएको आङ्कामा अनुसन्धान टोली खटाइएकोमा दुवै घटनाका आरोपी पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ तर आरोपीहरुको पहिचान खुलाइएको छैन ।

उक्त दुवै घटनाको विषयमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक कुमुद ढुङ्गेलले बताउनुभयो ।