९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’ News Polar पहिरोसहित रुख ढलेर अवरुद्ध सिद्धार्थ राजमार्ग सुचारु News Polar बीसौँ एसियाली खेलकुदः नेपालसामु १०३ रनको लक्ष्य News Polar त्रिशूली नदीले सडकको जग कटान गरेपछि कुरिनटारमा पृथ्वी राजमार्ग भासियो News Polar ढोरपाटनमा सिकार याम सुरुः दश नाउर र सात झारलका लागि अनुमति News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar राष्ट्रसंघमा बालेनको सम्बोधनले नेपालको आवाज विश्वमञ्चमा पुगेको क्रान्तिशिखाको भनाइ News Polar कान्ति राजमार्ग अवरुद्धः पहिरो र अव्यवस्थित ढल निकासका कारण सडक जोखिममा News Polar आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’

‘खुला सीमा भनेको नियमन नगर्ने भन्ने होइन’
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल र भारतबीचको खुला सिमाना बन्द गर्न सकिन्छ भन्नेमा आफू नरहेको तर त्यसको आशय द्विदेशीय सिमा क्षेत्रमा अनुगमन नै नगर्ने भन्ने होइन भन्नुभएको छ ।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सदस्यहरुको जिज्ञासाको जवाफमा मन्त्री श्रेष्ठले खुला सीमा भनेको नियमन नगर्ने भनेको होइन भन्नुभयो । उहाँले भन्नुभयो, “ खुला हुनुको अर्थ नियमन गर्नेमा ध्यान नदिने भन्ने होइन । कूटनीतिक तहमा कुराकानी गरेर समाधान गरिनुपर्छ । हामी कुराकानी गर्दैछौँ ।”

सरकारले एक पक्षीयरुपमा यस विषयमा निर्णय नगरी भारतसँग कूटनीतिक वार्ताको माध्यमबाट निष्कर्षमा पु¥याउने बताउनुभयो । सांसदले सीमा नियमनबारे उठाएका विषयलाई गम्भीर रुपमा लिएको बताउनुभयो । गृहमन्त्रीले भन्नुभयो,“

खुला बोर्डर भनेको सिमा नाका प्रवेशमा जाँच गर्न नसकिने भन्ने होइन । एकीकृत सुरक्षा जाँच चौकीमा यता आउनेको नेपाले र उता जानेको भारतले दर्ता गर्ने प्रणाली बसाल्न सकिन्छ । ” उपप्रधानमन्त्री श्रेष्ठले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न आवतजावत गर्ने व्यक्तिसँग परिचय माग्ने विषय दुवै देशको राष्ट्रिय स्वार्थ र हितमा हुने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिन अघि नेपाल प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीसँग जोडिएको द्वन्दको घटना भएको बताउँदै उहाँले तत्कालै छानबिन समिति गठन गरी प्राप्त प्रतिवेदन कार्यान्वनको चरणमा रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “घटनापछि केही अन्तरनिहित कारण भएपनि सुशासनको अभियान अन्र्तगत अध्यागमन सुधारको कारवाही अघि बढिरहेको पृष्ठभूमिका उक्त घटना भएको छ ।”

भौतिक संरचनाको अभावकाकारण त्यहाँ अध्यागमनका कर्मचारी कुनै कारण बाहिर निस्केपछि प्रवेशका लागि फेरि सम्पूर्ण पूर्ववत् जाँच प्रक्रियामा सामेल हुनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै उहाँले व्यावसायिक आचार पालना नभएका कारण घटना भएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री श्रेष्ठले कर्मचारीलाई प्रशिक्षण दिएर मात्र कार्य जिम्मेवारी दिने, मापदण्डका आधारमा मात्र कर्मचारी व्यवस्थापन गर्ने, आधुनिक अध्यागमन प्रणालीको विकास गर्ने तथा ‘भिजिट भिसामा’हुँदैआएको मिलोमतो सञ्जाल अन्त्य गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । गृहमन्त्रीका अनुसार, त्यसमा संलग्न बिचौलिया, अध्यागमनका कर्मचारी, प्रहरी, ट्राभल एजेन्सीका केही कर्मचारी पक्राउ गरिएको छ । शक्तिसन्तुलनका हिसाबले सरकार राज्यको कार्यकारी अङ्ग भएकाले न्यायलयबाट हुने निर्णयलाई हस्तपेक्ष गर्न नमिल्ने बताउँदै उहाँले केही विषयमा अदालतले दुई दिनभित्र अनुसन्धान सक्न दिएको निर्देशनको समीक्षा गर्ने बेला आएको बताउनुभयो । यद्यपि न्यायालयप्रति राज्यको अटुट आस्था एवं सम्मान रहेको दोहो¥याउनुभयो ।

भुटानी शरणार्थीसहित भ्रष्टाचार र अनियमितासँग जोडिएरका जोकोहीलाई पनि अनुसन्धान प्रक्रियामा ल्याइने दृढता व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले तथ्य र प्रमाणका आधारमा पुष्टि नभएसम्म कसैलाई पनि दण्ड गर्न नसकिने बताउनुभयो । उहाँले गृहमन्त्रालय मातहतका सबै निकायको सुधार कार्य तीव्र रुपमा अघि बढाइएको बताउनुभयो ।गृह मन्त्रालयका सचिव दिनेशकुमार भट्टराईले भुटानी शरणार्थीलाई मानवीयताका आधारमा सरकाले आश्रय दिएको बताउनुभयो

उहाँले भन्नुभयो, “चीनतिरको परम्परागत नाका खोल्नका लागि पत्रचार भएको छ । प्रमुख जिल्ला अधिकारीबाट आवतजावतका लागि परिचयपत्र जारी गरिएको छ । त्यस सन्दर्भमा सुरक्षासँग सम्बन्धित विषयमा सुझाव प्राप्त भएको छ ।” यसअघि सदस्यहरुले नेपाल– भारत सीमा खुला गरिँदा राष्ट्रिय सुरक्षामा चुनौती खडा गर्ने भएकाले नियमन गरिनु पर्ने सुझाव दिनुभएको थियो ।

अन्तर्राष्ट्रिय विमानस्थलमा कर्मचारी र प्रहरीबीच भएको झडपको घटना लज्जास्पद भएकाले दोहोरिन नदिनेतर्फ सम्बन्धित पक्ष गम्भीर हुनुपर्ने उहाँहरूले जोड दिनुभएको थियो ।

उहाँहरुले कानुनी राज्यको परिपालना सबै नागरिकबाट हुनुपर्नेमा जोड दिँदै सत्तामा रहने हरेकले ‘जसरी पनि सम्पत्ति कमाउनुपर्छ’ भन्ने प्रवृत्ति बदल्नुपर्छ भन्नुभयो ।

अध्यागमन देशको मुहार भएकाले त्यहाँ खटिने कर्मचारीको आधारण, अनुशासन र कार्यसम्पादनले ठूलो प्रभाव पार्नतर्फ विचार पु¥याउन सरकारलाई सुझाव दिदै उहाँहरुले गैर आवासीय नेपालीलाई प्रवेशाज्ञामा लाग्दै आएको दस्तुर माफ गर्न सुझाव दिनुभयो ।बैठकमा सदस्यहरुले कोरोनाका समयमा बन्द रहेको काकडभिट्टा नाका अझै खुल्न नसकेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै विदेशबाट आउँदा जाँदा विश्वका अन्य मुलुकमा भन्दा स्वदेशकै विमानस्थलमा अनेक झन्झट र सास्ती खेप्न परेकामा उपप्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।

कतिपय विमानस्थलका कर्मचारी व्यक्ति विशेषलाई हेरेर सहुलियत र सेवा प्रदान गर्ने गरेको घटना सुनाउँदै विमानस्थलका कर्मचारीको मिलोमतोमा यात्रुका ‘सुटकेस’ फोरेर सामान झिक्ने गरेको उदाहरण प्रस्तुत गर्नुभयो । अध्ययन र रोजगारीका लागि विदेश जान लागेका युवा र विद्यार्थीसँग राहदानी, टिकट र प्रवेशाज्ञा भए नभएको हेरी बाँकी विषयमा सहजीकरण गरिनुपर्नेमा अनेकौँ असान्दर्भिक विषयमा केरकार गरी दुःख दिने गरेको बताउँदै सदस्यहरुले अध्यागन प्रक्रिया जटिल हुनुहुँदैन भन्नुभयो । रासस