१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar सभामुख अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट News Polar कांग्रेसको १५औँ महाधिवेशनमा तामझाम नगर्ने, शहरमा पर्चा नटाँस्ने News Polar आन्तरिक वायुसेवा दायित्व विधेयकमा १३ बुँदा संशोधन News Polar आधारभूत अस्पतालका भवन बने पनि सेवा सञ्चालन हुन सकेन : सांसद केरुङ News Polar ग्यास आपूर्ति प्रणालीको मुख्य अवरोध कृष्णभीरको पहिरो रहेछ, आपूर्ति सहज हुँदैछः मन्त्री साह News Polar पुराना पुस्तालाई अयोग्य करार गर्ने भाष्यप्रति एमाले सांसद घतानीको असन्तुष्टि News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक सर्वसम्मतिले पारित News Polar ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई अत्याधुनिक बनाइने : मन्त्री पुन News Polar बाढी प्रभावित नुवाकोटका १५० गर्भवती तथा सुत्केरी महिलालाई पोषण सामग्री News Polar भ्रष्टाचारीमाथि कारबाही गर्न सरकारलाई राप्रपाको चुनौतीः ‘हामी समर्थक हौँ, दास होइनौँ’ News Polar राष्ट्रिय सभामा सांसदका प्रश्नको जवाफ, विभिन्न वार्षिक प्रतिवेदन पेश News Polar पूर्वाधार विकासको गति तीव्र बनाउन कानुनी सुधारलाई राष्ट्रिय प्राथमिकता दिनुपर्छ : अग्रवाल News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल

‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ– अध्यक्ष दाहाल

‘लाइफ एण्ड डेथ’ को सवाल छ, सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गरौँ– अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उपलब्धि रक्षाका लागि आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्नुको कुनै विकल्प नभएको बताउनुभएको छ । 

उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समितिको राजनीतिक–वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै उहाँले आगामी निर्वाचन पार्टीका लागि जीवन मरणको लडाईं भएकाले सम्पूर्ण तागत निर्वाचनमा केन्द्रित गर्न आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वाधीनताको रक्षा, मुलुक र जनताको समृद्धि माओवादीबाट मात्रै सम्भव भएको उल्लेख गर्दै उहाँले माओवादीले देशलाई दुर्घटनाबाट बचाउन अवलम्बन गरेका नीतिलाई जनतामाझ बुझाउन व्यापक जनपरिचालन आवश्यक रहेको बताउनुभयो । विपक्षीले यसअघिका निर्वाचनका क्रममा अनेक हत्कण्डा अपनाएर नतिजा आफ्नो पक्षमा पार्दै आएको स्मरण गराउँदै उहाँले त्यस्ता प्रवृत्तिको प्रतिवाद गर्दै जनताका मन जितेर माओवादीलाई विजयी गराउनुपर्ने बताउनुभयो ।

जनताको सङ्घर्षको बलमा प्राप्त उपलब्धिमाथि खतरा पैदा भएको, प्रतिक्रान्तिको खतरा तीव्र गतिमा अगाडि आएको उल्लेख गर्दै उहाँले गत वर्ष जनताको बलमा नै प्रतिगामी कदमलाई परास्त गरिएको बताउनुभयो । “हामीले गत वर्षको असंवैधानिकरूपमा गरिएको संसद् विघटनलाई जनताको ‘हुङ्कार’बाट पराजित ग¥यौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “आगामी निर्वाचनमा पनि सम्पूर्ण तागत लगाएर प्रतिगामी तत्वलाई परास्त गर्नुपर्छ ।”
 
आगामी निर्वाचनमा माओवादीलाई कमजोर बनाउने र साम्राज्यवादी मुलुकमा जस्तै ‘टु पार्टी सिष्टम’ लागू गर्ने षडयन्त्र भइरहेको जिकिर गर्दै उहाँले भन्नुभयो, “अहिले दुई वटा बुर्जुवा पार्टी मात्र बनाउने कसरत भइरहेको छ, क्रान्तिकारी विचारसहितको पार्टीलाई कमजोर पार्ने र दुई बुर्जुवा पार्टीले पालैपालो शासन गर्ने तयारी छ, आउँदै गरेका सबै निर्वाचन हाम्रा लागि सामान्य निर्वाचन मात्रै होइन, यो हाम्रा लागि ‘लाइफ एण्ड डेथ’को लडाईं भएर आएको छ ।”
 
गत पुसमा सम्पन्न आठौँ महाधिवेशनको जगमा गत फागुनमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट सम्पूर्ण पार्टी पङ्क्तिलाई एकताबद्धरूपमा निर्वाचनमा केन्द्रित गर्ने नीति लिइएको उल्लेख गर्दै उहाँले पार्टीभित्रको अन्तरविरोधलाई थाँती राखेर निर्वाचनमा होमिन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । केन्द्रीय समितिको निर्णयअनुसार नै पार्टीले दुई महिने निर्वाचन अभियान सञ्चालन गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले सम्पूर्ण नेता अब पालिका केन्द्रित हुनुपर्ने बताउनुभयो ।
 
शान्ति प्रक्रिया जोगाउन व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन

अध्यक्ष दाहालले शान्ति प्रक्रिया, गणतन्त्र, सङ्घीयतालगायत प्राप्त उपलब्धिको रक्षाका लागि व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्नुपरेको प्रष्टीकरण दिनुभयो । “एमसिसी सम्झौता संसद्बाट अनुमोदन नगराउनका लागि हरसम्भव प्रयत्न गरियो, एउटा यस्तो विन्दुमा पुगियो कि, एमसिसी सम्झौता अनुमोदन नगरी अगाडि नजाने अवस्था आइपुग्यो”, उहाँले भन्नुभयो, “शान्ति प्रक्रिया धरापमा पर्ने, प्राप्त उपलब्धि गुम्ने खतरा आएपछि जोखिम मोलेर व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गरिएको हो ।”
 
बढी क्रान्तिकारी हुन खोज्दा प्राप्त उपलब्धि गुमेको विगत स्मरण गर्दै अध्यक्ष दाहालले एमसिसीलाई अगाडि नबढाउँदा मुलुक राजनीतिक सङ्कटमा फस्ने अवस्थामा पुगेको चित्रित गर्नुभयो । “नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नदिएर, रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिका रूपमा अगाडि सारेर तथा तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारबाही गरेर क्रान्तिकारी बन्न खोजियो”, आफ्नो पहिलो कार्यकालको समीक्षा गर्दै उहाँले भन्नुभयो, “घटनाक्रमले बहुमतको सरकार पनि गयो, संविधान पनि बनेन, एमसिसी अगाडि नबढाउने निर्णय गरेको भए प्राप्त उपलब्धि पनि गुम्ने अवस्था थियो ।” रासस