१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्तिक आर्यनलाई भेट्न साइकल चढेर ११ सय ६० किलोमिटर यात्रा गरेपछि…



अ+ अ-

एजेन्सी । कार्तिक आर्यन बलिउडका चर्चित स्टार हुन् । अभिनेताको फ्यान फलोइङ पनि अचम्मको छ । कार्तिक आर्यनको एउटा भिडियो इन्टरनेटमा तिब्र रुपमा भाइरल भइरहेको देखिन्छ ।

भिडियोमा अभिनेता झाँसीका एक फ्यानलाई भेटिरहेको देखिन्छ । अचम्मको कुरा के छ भने ती फ्यानले कार्तिक आर्यनलाई भेट्न साइकलमा ११६० किलोमिटर यात्रा गरेका छन् ।

फ्यान साइकलमा कार्तिक आर्यनलाई भेट्न आइपुगे । कार्तिकलाई देख्नेबित्तिकै उनले अभिनेताको खुट्टा छोए । कार्तिकले ती युवकसँग कुरा गरे । कार्तिकले सोधे साइकलबाट मुम्बई पुग्न कति दिन लाग्यो ? युवक भन्छन् ९ दिन ।

यो सुनेर कार्तिक छक्क परे । अभिनेताले फ्यानसँग फोटो खिचेका छन् । फ्यानले भने कि उनी अभिनेतालाई भेट्न फेब्रुअरी १ ​​मा साइकलमा घरबाट निस्किएका थिए । फ्यानको साइकलको तारिफ गर्दै कार्तिकले भने – तपाईको साइकलले निकै राम्रो औसत दिइरहेको छ ।’

कार्तिक आर्यनको फिल्म ‘चन्दु च्याम्पियन’ स्पोर्ट्स बायोपिक हो । यो फिल्म प्याराओलम्पिकमा स्वर्ण पदक जित्ने मुरलिकान्त पेटकरमा आधारित छ । कबीर खानको निर्देशनमा बनेको यो फिल्म १४ जुनमा हलमा रिलिज हुँदैछ ।