९ भाद्र २०८३, मंगलवार
,
Latest
भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेल सवार स्कोरपियो दुर्घटना भएको छ ।

महासचिव पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।

एमालेका उपमहासचिव विष्णु रिमालले जिप दुर्घटनाको फोटो सार्वजनिक गर्दै ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल रहेको बताइएको छ । महासचिव पोखरेल जिल्ला अधिवेशनमा सहभागी हुन सुर्खेतबाट दैलेख जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।