२८ मंसिर २०८२, आईतवार
,
Latest
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१९ विश्वकप फाइनल आज, उपाधिका लागि अष्ट्रेलिया र भारत भिड्दै



अ+ अ-

एजेन्सी । यू–१९ विश्वकप क्रिकेटको फाइनलमा आज भारत र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बेनोनीको विलोमुर पार्कमा दिउँसो १ः४५ बजे सुरु हुनेछ । टस दिउँसो १ः१५ बजे हुनेछ ।

भारत र अष्ट्रेलिया तेस्रो पटक प्रतियोगिताको फाइनलमा भिड्दैछन् । यसअघि दुई देशबीच अन्डर–१९ विश्वकपको फाइनल दुई पटक खेलिएको थियो र दुवै पटक भारतले जितेको थियो ।

यू–१९ विश्वकप २०१८ को फाइनलमा भारतले अष्ट्रेलियालाई ८ विकेटले पराजित गरेको थियो । यस्तै, सन् २०१२ मा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो ।

यूथ ओडीआईमा भारतको प्रदर्शन अस्ट्रेलियाभन्दा राम्रो छ । दुई टोलीबीच हालसम्म ३७ युवा एकदिवसीय खेलहरू खेलिएका छन् । जसमध्ये भारतले २३ खेल जितेको छ भने अष्ट्रेलियाले १४ खेल जितेको छ ।

यू–१९ एकदिवसीय विश्वकपमा दुवै टोली ८ पटक आमनेसामने भएका छन् । यसमा पनि भारतको वर्चस्व रहेको छ । भारत ६ पटक विजयी हुँदा अष्ट्रेलिया मात्र २ खेलमा विजयी भएको छ ।