५ भाद्र २०८३, शुक्रबार
,
Latest
क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको लगातार दोश्रो जित



2024 ACC Women’s Premier Cup. 11th February 2024, Bayumas Oval. Match between Nepal and Bhutan
अ+ अ-

काठमाडौं । एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोश्रो जित निकालेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा आज बिहान भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले हराएको हो ।

६६ रनको विजयी लक्ष्य नेपालले ११औं ओभरमा पूरा गर्‍यो ।नेपालका लागि सिता रानामगरले सर्वाधिक ३२ रन बनाएर नटआउट रहिन् भने रुबिना क्षत्री बेलबासे १७ रनमा अविजित रहिन् । ओपनर कविता कुँवर पाँच रन बनाएर आउट हुँदा कप्तान इन्दू बर्मा एक रन बनाउँदै पेभिलियन फर्किइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले पूरै २० ओभरमा ४ विकेट गुमाएर ६५ रन जोड्यो । उसका लागि नग्वाङ छोडेनले २५, छिरिङ जाङ्मोले १६ तथा डेचेन वाङ्मोले १७ रन जोडे ।

नेपालका लागि कविता कुँवर, सीता राना मगर, इन्दु बर्मा र कविता जोशीले एक–एक विकेट लिए ।

नेपालले पहिलो खेलमा शनिबार हङकङलाई ८ विकेटले नै पराजित गरेको थियो ।