• ११ फाल्गुन २०८०, शुक्रबार
  •      Fri Feb 23 2024
  •   Unicode
Logo
Latest
★   लुक्ला जाँदै गरेको एयर डाइनेष्टीको हेलिकोप्टरमा प्राविधिक समस्या, बाटोबाटै फर्काइयो ★   तीन वर्षदेखि अलपत्र पुस्तकालयको काम थालियो ★   आइतबारदेखि देशभर दादुराविरुद्ध खोप अभियान, काठमाडौँका छ लाख बालबालिका समेटिँदै ★   प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, एमाले झन् आक्रामक बन्ने ★   नागरिक उड्डयन प्राधिकरणले माग्यो कर्मचारी, कुन–कुन पदमा खुल्यो जागिर ? ★   जग्गा प्राप्तिका लागि काभ्रेका तीन हजार भूमिहीनको आवेदन ★   देशका लागि ५० गोल पूरा गरेपछि के भन्छिन् ‘साम्बा’ ? ★   तीन वर्षअघि सन्यास लिएका टोनी क्रुस जर्मन टोलीमा फर्किए ★   चन्द्रागिरि डाँडामा हिउँ -फोटो फिचर ★   विश्वकप लिग–२ः नामिबिया र नेदरल्याण्ड्स भिड्दै

लिभरपुलले बर्नलेलाई हरायो, हालाण्ड चम्किँदा सिटी विजयी



एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत लिभरपुलले जित निकालेको छ । गएराति भएको खेलमा बर्नलेलाई ३–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदान एनफिल्डमा लिभरपुललाई जित दिलाउन डिओगो जोटा (३१ औं मिनेट) लुइस डियाज (५२ औं मिनेट) र डार्विन नुनेज (७९ औं मिनेट) ले एक–एक गोल गरे । बर्नलेका डारा ओ’सियाले एक गोल फर्काए ।

जितसँगै लिभरपुल २४ खेलबाट ५४ अंकका साथ तालिकाको शीर्षस्थानमा यथावत छ । बर्नले १३ अंकका साथ १९ औं स्थानमा छ ।

यस्तै, शनिबार नै भएको अर्को खेलमा म्यान्चेस्टर सिटीले एभर्टनलाई २–० गोलले पराजित गर्यो । घरेलु मैदान इतिहाडमा सिटीलाई जित दिलाउन दुबै गोल एर्लिङ हालाण्डले गरे । उनले ७१ औं र ८५ औं मिनेटमा गोल गरेका हुन् ।

जितसँगै सिटी २३ खेलबाट ५२ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । एभर्टन १९ अंकका साथ १८ औं स्थानमा छ ।