५ भाद्र २०८३, शुक्रबार
,
Latest
क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित ‘कन्याजाली परीक्षण मात्रै बलात्कारको निर्णायक प्रमाण होइन’: सर्वोच्च अदालत फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा सांसद तामाङ र उपत्यकाका नगरप्रमुखहरुबीच चर्काचर्की श्रम कानून संशोधनबारे मन्त्री यादवसँग महासंघको छलफल काँग्रेस अनुशासन समितिले भन्यो– पार्टी र नेतृत्वको गरिमामा आँच पुर्‍याउने जो कोहीको पनि छानबिन हुन्छ हेमबहादुर मल्ल सम्मान २०८१ र २०८२ का लागि दुई विशिष्ट व्यक्तित्वको नाम घोषणा फोहोर व्यवस्थापनका लागि स्थानीय तहलाई जग्गा उपलब्ध गराउन नियमावली संशोधन गर्छौंः मन्त्री तिमिल्सिना राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतारलाई लगातार दोस्रो पटक एसिया कपको उपाधि



अ+ अ-

काठमाडौँ । कतारले लगातार दोस्रो पटक एसिया कपको उपाधि जितेको छ ।

शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै आयोजक कतार च्याम्पियन बनेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरे । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एसिया कप जित्ने चौथो देश बनेको छ ।

पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता मै चित्त बुझाएको छ ।