३ पुष २०८२, बिहीबार
,
Latest
तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कपको फाइनल आजः उपाधिका लागि कतार र जोर्डन भिड्दै



अ+ अ-

काठमाडौँ । एएफसी एसियन कपको फाइनल आज शनिबार हुँदैछ । उपाधिका लागि आयोजक कतार र जोर्डन भिड्दैछन् ।

नेपाली समयानुसार राति पौने नौ बजे लुसैल रंगशालामा फाइनल खेल सुरु हुनेछ । साविक विजेता समेत रहेको कतार घरेलु समर्थककाबीच उपाधि रक्षा गर्न चाहन्छ । यता, जोर्डन भने आयोजक कतारलाई स्तब्ध पार्दै पहिलोपटक एसिया कपको उपाधि उचाल्न चाहन्छ ।

जारी एसिया कपमा कतारको फाइनल यात्रा यस्तो रह्यो
– समूह ए मा शीर्षस्थानमा रहँदै नकआउट चरणमा प्रवेश
– अन्तिम १६ मा प्यालेस्टाइनलाई २–१ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा उज्वेकिस्तानलाई पेनाल्टीमा ३–२ ले हराउँदै सेमिफाइनलमा
– सेमिफाइनलमा इरानलाई ३–२ गोलले हराउँदै फाइनलमा

जारी एसिया कपमा जोर्डनको फाइनल यात्रा यस्तो रह्यो
– समूह इ मा तेस्रो स्थानमा रहेको जोर्डनले अन्तिम १६ मा इराकलाई ३–२ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश
– क्वाटरफाइनलमा ताजिकिस्तानलाई १–० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश
– सेमिफाइनलमा दक्षिण कोरियालाई २–० गोलले हराउँदै फाइनलमा प्रवेश