५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिकेट खेल्न मैदानमा उत्रिँदै पारस खड्का



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सन्न्यासपछि पहिलो पटक घरेलु मैदानमा उत्रिने भएका छन् ।

तिलोत्तोमामा निर्माणाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनको अवसरमा आयोजना हुनलागेको प्रतियोगितामा पारसले खेल्न लागेका हुन् ।

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । सोही अवसरमा एक्स्ट्राटेक प्राइभेट लिमिटेडले टी-१० फर्म्याटमा मैत्रीपूर्ण खेलको आयोजना गरेको हो ।

प्रतियोगितामा ४ टोली रहेका छन् । जसमा लेजेन्ड्स ९६, रुपन्देही लेजेन्ड्स, सन् २०१४ को विश्वकपमा सहभागी टोली र रेस्ट अफ नेपालले सहभागिता जनाउनेछन् ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव समेत रहेका पूर्व कप्तान खड्काले २०१४ टोलीको कप्तानी गर्नेछन् । टोलीको अन्य खेलाडीको नाम भने सार्वजनिक हुन बाँकि छ ।

यस्तै, १९९६ मा एलबी क्षेत्री, रेस्ट अफ नेपालमा कलाम अली तथा रुपन्देही लेजेन्ड्समा हरिबहादुर थापाले कप्तानी गर्ने बताईएको छ ।