२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्पोर्ट्स एक्स्पो २०२४ हुने



अ+ अ-

काठमाडौँ । नेपाल स्पोर्ट्स एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अयोजनामा हुने एक्स्पो आगामी वर्षको असोज ३ देखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१ सम्म) काठमाडौंको वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुनेछ ।

खेलकुद सामग्रीबिना शैक्षिक सामग्री अपुरो र अधुरो हुने कुरालाई मनन गर्दै एक्स्पो आायेजना गर्न लागेको महासंघका महासचिव शिवसागर शर्माले बताउनु भयो । उहाँले असोज ३ देखि ५ गतेसम्म चल्ने एक्सपोमा नेपाल, भारत लगायत अन्य देशहरुका समेत गरी सय वटा खेलकुद सामग्रीका उत्पादक कम्पनीका स्टल रहने बताउनु भयो । उत्पादक कम्पनीहरुको उपस्थितिमा हुने कार्यक्रममा देशभरबाट आयातकर्ता, वितरक, खुद्रा विक्रेता र उपभोक्ता एवं सर्वसाधारण गरी करिव ५ हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको बताउनु भयो ।

शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षा आयोजकको रहेको छ । उत्पादक, आयातकर्ता र खुद्रा बिक्रेताको अन्तरक्रियाबाट स्वदेशमै उत्पादन र प्रयोगमा उत्प्रेरणा जगाउने विश्वास लिएको महासचिव शर्माले बताउनु भयो ।

गुणस्तरीय शिक्षाका लागि पाठ्यपुस्तक, कापी, कलममात्र शैक्षिक सामग्री नभइ अन्य धेरै कुरा जोडिन आवश्यक रहेको आयोजकको ठहर छ ।