२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रमुख निर्वाचन आयुक्त र महानिरीक्षकबीच भेट : निर्वाचन सुरक्षाबारे छलफल



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरू र नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीबीच निर्वाचन र सुरक्षाका विविध विषयमा छलफल भएको छ ।

कान्तिपथस्थित आयोगको कार्यालयमा भएको भेटमा आगामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तथा निर्वाचनका क्रममा नेपाल प्रहरीको भूमिकालगायतका विषयमा छलफल भएको हो ।

आयोगका प्रवक्ता नारायाणप्रसाद भट्टराईका अनुसार नवनियुक्त प्रमुख आयुक्त कार्की, आयुक्तद्वय गुरूप्रसाद वाग्ले र डा राजीव सुब्बालाई बधाई दिँदै महानिरीक्षक कार्कीले कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो ।

महानिरीक्षक कार्कीले विद्यमान कानुन र आयोगको निर्देशनमा रही निर्वाचन सुरक्षाका सम्बन्धमा आफ्नो सङ्गठनको निर्वाह गर्नुपर्ने दायित्वप्रति सदैव कटिबद्ध रहने स्पष्ट गर्नुभयो । यही साउन १४ गते प्रमुख आयुक्त र आयुक्तद्वयले पदबहाली गर्नुभएको थियो । —