२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल स्पोर्ट्स एक्स्पो २०२४ हुने



अ+ अ-

काठमाडौँ । नेपाल स्पोर्ट्स एक्स्पो २०२४ आयोजना हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको अयोजनामा हुने एक्स्पो आगामी वर्षको असोज ३ देखि ५ गतेसम्म (सेप्टेम्बर १९ देखि २१ सम्म) काठमाडौंको वल्र्ड ट्रेड सेन्टर त्रिपुरेश्वरमा हुनेछ ।

खेलकुद सामग्रीबिना शैक्षिक सामग्री अपुरो र अधुरो हुने कुरालाई मनन गर्दै एक्स्पो आायेजना गर्न लागेको महासंघका महासचिव शिवसागर शर्माले बताउनु भयो । उहाँले असोज ३ देखि ५ गतेसम्म चल्ने एक्सपोमा नेपाल, भारत लगायत अन्य देशहरुका समेत गरी सय वटा खेलकुद सामग्रीका उत्पादक कम्पनीका स्टल रहने बताउनु भयो । उत्पादक कम्पनीहरुको उपस्थितिमा हुने कार्यक्रममा देशभरबाट आयातकर्ता, वितरक, खुद्रा विक्रेता र उपभोक्ता एवं सर्वसाधारण गरी करिव ५ हजार जनाको उपस्थिति रहने अपेक्षा गरिएको बताउनु भयो ।

शिक्षण सिकाइमा आवश्यक शैक्षिक सामग्री तथा खेलकुद सामग्रीको आयात, प्रयोग र उपभोगमा सहजता ल्याउने अपेक्षा आयोजकको रहेको छ । उत्पादक, आयातकर्ता र खुद्रा बिक्रेताको अन्तरक्रियाबाट स्वदेशमै उत्पादन र प्रयोगमा उत्प्रेरणा जगाउने विश्वास लिएको महासचिव शर्माले बताउनु भयो ।

गुणस्तरीय शिक्षाका लागि पाठ्यपुस्तक, कापी, कलममात्र शैक्षिक सामग्री नभइ अन्य धेरै कुरा जोडिन आवश्यक रहेको आयोजकको ठहर छ ।