१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar कागतीदेखि ड्रागन फ्रुटसम्मः तीन युवाको आँटले बाँझाखेतमा फुल्यो सपना News Polar जलवायु न्यायको आवाजलाई अन्तरराष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिनेछः वनमन्त्री चौधरी News Polar प्राकृतिक विपत्तिबीच पोखराले दियो पर्यटन क्षेत्र खुला रहेको सन्देश News Polar पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र News Polar मेची भन्सारः दुई अर्ब ८३ करोड राजस्व सङ्कलन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता

सम्पदा क्षेत्रको सम्पत्ति र दायित्व विधिपूर्वक ग्रहण गर्न तयार छौँ – उपप्रमुख डंगोल

सम्पदा क्षेत्रको सम्पत्ति र दायित्व विधिपूर्वक ग्रहण गर्न तयार छौँ – उपप्रमुख डंगोल
अ अ+ अ-

काठमाडौं । २०७२ सालको भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली – टेकुदोभान नदी किनाराका थप १३ वटा संरचनाको सवलीकरण तथा पुननिर्माण सम्पन्न भएको छ ।

एशियन विकास बैङ्कको ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयनमा ल्याएको हो । ३ चरणमा कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुन:निर्माण, सवलीकरण (रेक्टोफिटिङ्), मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गर्ने काम भइरहेको हो । यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले व्यहोरेको छ । बाँकी ५० प्रतिशत एशियाली विकास बैङ्कको ऋण सहयोग हो ।

यसअन्तर्गत पहिलो चरणमा पुननिर्माण तथा सवलीकरण गरिएका ११ वटा संरचना गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा हस्तान्तरण विषयमा आज महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बैठक बस्यो । पहिलो चरणमा हस्तान्तरण भएका सम्पदाहरुको उपयोग भएको छैन । दोस्रो चरणमा पुननिर्माण भएका सम्पदा कसरी हस्तान्तरण गर्ने, यसको दायित्व कसमा रहन्छ? बैठक यही विषयमा केन्द्रीत थियो ।

त्यस क्रममा उपप्रमुख डंगोलले भन्नुभयो, ‘विधि निर्माण गरेर प्रक्रियागत रुपमा आउने हो भने महानगरपालिकाले सम्पत्ति र दायित्वको जिम्मेवारी लिन्छ । यसका लागि कानुनी व्यवस्था स्पष्ट पारौँ ।’ निजी गुठीहरुको बारेमा संवेदनशील भएर निर्णय गर्नु पर्ने बताउँदै उहाँले भन्नुभयो, ‘मानवीय सभ्यता, परम्परा, संस्कार र संस्कृतिसँग जोडिएका ठाउँको मूल्य र मान्यता संरक्षण गर्ने दायित्व हाम्रो हो । हामी जोगाउँछौँ । हामीले ग्रहण गर्ने विषय निर्विवाद हुनुपर्छ ।’

‘हस्तान्तरण भएर सम्पत्ति मात्र आउँदैन । ऋणलगायतका दायित्व पनि आउँछन् । त्यसैले निर्णय हुनुअघि सबै विषय स्पष्ट हुनुपर्छ ।’ बैठकमा प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भन्नुभयो, ‘यसको पूर्व अवस्था के थियो, पुन:निर्माण र सवलीकरणमा गरिएको कामको प्राविधिक गुणस्तरका विषयमा विस्तृत विवरण तयार पार्नुपर्छ । हस्तान्तरण भएर आएको सम्पत्ति कुन अवस्थाको हो, अभिलेखन गर्नुपर्छ । यसपछि हस्तान्तरणको प्रक्रिया अगाडि बढ्छ ।’

बैठकमा सल्लाहकार सन्तोष गिरी र कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यले हस्तान्तरण र संरक्षण विधि सम्बन्धी मस्यौदा प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमा महानगरपालिकाका प्रमुख वा उपप्रमुखको संयोजकत्वमा सम्बन्धित वडाका अध्यक्ष, गुठी संस्थान, पुरातत्व विभाग, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, विषय विज्ञसहित सर्वपक्षीय सहभागितामा व्यवस्थापन समिति गठन गर्ने उल्लेख छ । यस क्षेत्रमा नियमित, मध्यकालीन तथा दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय कार्यक्रम सञ्चालनको योजना तर्जुमा गर्ने, वार्षिक बजेट तर्जुमा गर्ने, जनशक्ति व्यवस्थापन गर्ने प्रक्रियाबाट यस क्षेत्रको संरक्षण, संवर्धन, रेखदेख र व्यवस्थापन गर्ने प्रस्तावमा उल्लेख छ ।

यस क्षेत्रम सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्वका प्राचीन सम्पदा छन् । ती मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् ।
मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन् ।
२ किलोमिटर दुरीभित्र भएका भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यता र पर्यटनबाट उजागरका लागि स्रोत हुन् ।
यसरी हेर्दा नदी खण्डलाई मूर्त, अमूर्त र प्राकृतिक सम्पदाको त्रिवेणी मान्न सकिन्छ ।

पहिलो चरण : पुन:निर्माणपछि हस्तान्तरण 

परियोजनाको पहिलो चरणमा पुननिर्माण भएका ११ वटा सम्पदा गुठी संस्थान र निजी गुठीलाई हस्तान्तरण भइसकेका छन् । ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपैयाँ लागतमा निर्माण भएका सम्पदाका लागि एशियाली विकास बैङ्क र नेपाल सरकारको आधा आधा रकम छ । यसको निर्माण पक्ष बीकेओआइ पचली भैरव हो ।

हस्तान्तरण भएका मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तल गुठी संस्थानलाई हस्तान्तरण गरिएको हो ।

दोस्रो चरण सवलीकरण सम्पन्न : हस्तान्तरण  गर्ने प्रक्रियामा

दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपैयाँ लागतमा १३ वटा सम्पदा संरचना पुन:निर्माण सम्पन्न भएका छन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।

तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् ।

तेस्रो चरण : काम गर्न बाँकी

तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपैयाँ लागतमा भइरहेको छ । यसमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भइरहेको हो ।