• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

नेपालले तीन विकेट गुमायो, आउट भए कुशल भुर्तेल



काठमाडौँ । क्यानडाविरुद्धको ओडीआई सिरिजको पहिलो खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

नेपालले तेस्रो विकेटमा ओपनर कुशल भुर्तेलाई गुमाएको हो । उनी १८ औँ ओभरको तेस्रो बलमा ६२ रन बनाउदै साद बिन जफरको बलमा आउट भए । कुशलले ५८ बलमा नौ चौका र एक छक्का हिर्काए ।

नेपालले यसअघि ओपनर आसिफ शेख र रोहित पौडेललाई गुमाएको थियो । उनीहरु दुबैजनाले ८/८ रन बनाए । अहिले क्रिजमा भिम सार्की र कुशल मल्ल रहेका छन् ।

नेपालले ताजा स्थितीमा १९ ओभरमा ३ विकेट गुमाएर १०० रन बनाएको छ ।