३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.रावलको पिएचडी नक्कली हो कि क्या हो?:डा भट्टराई



अ+ अ-

काठमाडौं । पूर्वप्रधानमन्त्री एबं जनता समाजबादी पार्टीका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावललाई नक्कली 'पिएचडीधारी' भएको आरोप लगाउनु भएको छ ।

नेता राबलले अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता पारित नगर्न भन्दै प्रधानमन्त्री ,सभामुख र सांसदहरुलाई  खुलापत्र  सार्बजनिक गरेपछि नेता भट्टराईले डा रावललाई यस्तो आरोप लगाउनु भएको हो । नेता रावलले एमसीसीका  बारेमा गोप्य संम्झौताहरु भएको आशंका गर्ने ती सबै सार्बजनिक हुनु पर्ने माग गर्नुभएको थियो ।

उहाँको माग प्रति सामाजिक संञ्जालमार्फत टिप्पणी गर्दे नेता भट्टराईले लेख्नुभएको छ यी कण भिम रावलले 'पिचडी' गरेको भनेर नामको अगाडी 'डा' पनि भुण्डाउँछन् ! बिद्यावारिधी गर्दा कसैबारे कुनै दावी गरियो भने त्यसको श्रोत र मिति खुलाउनु पर्छ  । उनले दावी गरे जस्तो बाबुरामले गोप्य रुपमा एससीसी सम्झौता गरेको हो भने कहिले र कहाँ कसरी खुलाउनु पर्देन  ? कि यी नक्कली 'पिएचडी' हुन् !