२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप रेड्डी वांगाका ७ वर्षीय छोराले हेरे ‘एनिमल’ रणवीरको ‘अन्डरवियर’ दृश्यमा यसो भने



अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ डिसेम्बरको सुरुमा सिनेमाघरमा रिलिज भएको थियो । फिल्ममा रणवीर कपूर र रश्मिका मन्दना मुख्य भूमिकामा थिए भने बबी देओलले यो एक्सन प्याक फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जब बक्स अफिसमा ठूलो हिट भएको एनिमल ओटीटी प्लेटफर्ममा आयो, फिल्मको चर्चा फेरि बढ्यो । सन्दीप रेड्डी वांगाको यो फिल्म रिलिज हुँदा उनले छोरालाई यो फिल्म देखाउन नसक्ने बताएका थिए ।

तर हालै, सन्दीप रेड्डी वांगाले आफ्नो सात वर्षको छोरा र श्रीमती दुवैलाई ‘एनिमल’ देखाए, जसलाई हेरेपछि उनका छोराले फिल्मप्रति आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।

निर्देशक वांगाले हालै आरजे सिद्धार्थ काननलाई दिएको अन्तर्वार्तामा खुलासा गरे कि अरूहरू जस्तै उनका सात वर्षीय छोराले पनि रणवीर कपूरको फिल्म ‘एनिमल’ हेरेका छन् । तर, छोरालाई यो फिल्म देखाउनुअघि सन्दीप रेड्डी वांगाले एनिमलबाट ती दृश्यहरू हटाइसकेका थिए जुन उनले छोरालाई देखाउन चाहेनन् ।

निर्देशकले फिल्म हेरेपछि छोराको प्रतिक्रिया कस्तो रहेको बताए । एनिमल निर्देशकले भने, ‘मेरो छोरालाई यो फिल्म साँच्चै मन पर्यो । उनले मलाई रणवीर कपूरको अन्डरवियर दृश्य निकै हास्यास्पद भएको बताए ।’

छोरा बाहेक सन्दिपकी श्रीमतीले पनि ‘एनिमल’ हेरेपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै फिल्ममा धेरै रगत देखाइएको भएपनि फिल्ममा कुनै पनि कोणबाट मिजोगाइनिष्ट नभेटेको बताइन् । सन्दीप रेड्डी वांगाद्वारा निर्देशित रणवीर कपूर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ जब थिएटरमा रिलिज भयो, तब मानिसहरूले अभिनेताको चरित्रमाथि धेरै प्रश्नहरू उठाए ।