२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीप रेड्डी वांगाका ७ वर्षीय छोराले हेरे ‘एनिमल’ रणवीरको ‘अन्डरवियर’ दृश्यमा यसो भने



अ+ अ-

एजेन्सी । सन्दीप रेड्डी वांगाको फिल्म ‘एनिमल’ डिसेम्बरको सुरुमा सिनेमाघरमा रिलिज भएको थियो । फिल्ममा रणवीर कपूर र रश्मिका मन्दना मुख्य भूमिकामा थिए भने बबी देओलले यो एक्सन प्याक फिल्ममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

जब बक्स अफिसमा ठूलो हिट भएको एनिमल ओटीटी प्लेटफर्ममा आयो, फिल्मको चर्चा फेरि बढ्यो । सन्दीप रेड्डी वांगाको यो फिल्म रिलिज हुँदा उनले छोरालाई यो फिल्म देखाउन नसक्ने बताएका थिए ।

तर हालै, सन्दीप रेड्डी वांगाले आफ्नो सात वर्षको छोरा र श्रीमती दुवैलाई ‘एनिमल’ देखाए, जसलाई हेरेपछि उनका छोराले फिल्मप्रति आफ्नो प्रतिक्रिया व्यक्त गरेका छन् ।

निर्देशक वांगाले हालै आरजे सिद्धार्थ काननलाई दिएको अन्तर्वार्तामा खुलासा गरे कि अरूहरू जस्तै उनका सात वर्षीय छोराले पनि रणवीर कपूरको फिल्म ‘एनिमल’ हेरेका छन् । तर, छोरालाई यो फिल्म देखाउनुअघि सन्दीप रेड्डी वांगाले एनिमलबाट ती दृश्यहरू हटाइसकेका थिए जुन उनले छोरालाई देखाउन चाहेनन् ।

निर्देशकले फिल्म हेरेपछि छोराको प्रतिक्रिया कस्तो रहेको बताए । एनिमल निर्देशकले भने, ‘मेरो छोरालाई यो फिल्म साँच्चै मन पर्यो । उनले मलाई रणवीर कपूरको अन्डरवियर दृश्य निकै हास्यास्पद भएको बताए ।’

छोरा बाहेक सन्दिपकी श्रीमतीले पनि ‘एनिमल’ हेरेपछि आफ्नो प्रतिक्रिया व्यक्त गर्दै फिल्ममा धेरै रगत देखाइएको भएपनि फिल्ममा कुनै पनि कोणबाट मिजोगाइनिष्ट नभेटेको बताइन् । सन्दीप रेड्डी वांगाद्वारा निर्देशित रणवीर कपूर र बबी देओल स्टारर फिल्म ‘एनिमल’ जब थिएटरमा रिलिज भयो, तब मानिसहरूले अभिनेताको चरित्रमाथि धेरै प्रश्नहरू उठाए ।