• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   दिल्लीका मुख्यमन्त्री केजरीवालले जुन १ सम्म अन्तरिम जमानत पाए, चुनाव प्रचार गर्न सक्ने ★   भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु ★   चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ ★   पुछारको गुजरातले चौंथो स्थानको चेन्नईसँग खेल्दै ★   मदन कृष्ण श्रेष्ठको ७४ औं जन्मदिनको अबसरमा रक्तदान ★   काँग्रेसले प्रतिशोधपूर्ण खालको राजनीति गरिरहेको छः ओली ★   नेपालमा कुस्तीः चुनौतीबीच संस्कृतिको संरक्षण ★   पार्टी फुटले सरकारलाई कुनै असर गर्दैनः उपप्रधानमन्त्री यादव ★   सयको नोटमा नयाँ नक्शा छाप्ने निर्णयबारे ओलीले मागे राष्ट्रपतिसँग जवाफ ★   वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण

प्रतितोला छ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । लगातार तीनदिन घटेको सुनको मूल्य आज बुधबार प्रतितोला छ सय रुपैँयाले बढेको हो ।

बुधबार छापावाला सुन प्रतितोला एक लाख १८ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार उक्त सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, बुधबार चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी मंगलबार कै मूल्यमा यथावत रहि प्रतितोला १३ सय ७५ रूपैयाँमा कारोबार भईरहेको महाहसंघले जनाएको छ ।