११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह News Polar पोखराको रामघाटमा वर्षेनी डुबानको समस्याः प्राकृतिक सुन्दरताभित्र लुकेको जोखिम (तस्बिरहरु) News Polar रसुवा बाढीपीडितको लागि काठमाडौंमा निःशुल्क स्वास्थ्य शिविर–देखियो मानसिक र भावनात्मक असर News Polar आजदेखि सोह्रश्राद्ध सुरु, गोकर्णेश्वरसहित तीर्थस्थलमा श्रद्धालुको भीड News Polar राहुगंगा जलविद्युत् आयोजनामा बाढीले संरचना र प्रसारण लाइनमा क्षति

वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण

वडा कार्यालय भवन उद्घाटनसँगै स्व. रिजालको शालिक अनावरण
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं. १६ को प्रशासनिक भवनको उद्घाटन र पदवहालमा छँदै निधन हुनु भएका वडाका अध्यक्ष स्व. मुकुन्द रिजालको पूर्ण कदको शालिक एकैपटक अनावरण भएको छ ।

आज नवनिर्मित भवनको प्राङ्गणमा आयोजना गरिएको औपचारिक कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल, कार्यवाहक वडाध्यक्ष पुष्प महर्जन र स्व. रिजालकी पत्नी कविता आचार्यले संयुक्त रुपमा भवनको उद्घाटन र शालिक अनावरण गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले, स्व. रिजालसँग जोडिएका स्मृति उल्लेख गर्दै, वडा भवन निर्माण गर्ने लक्ष्यमा दृढ भएकै कारण कार्यालय निर्माण हुन सकेको बताउनुभयो । उहाँको सपना साकार पार्न भौतिक संरचनाबाट प्रवाह हुने सेवालाई सरल, सहज बनाउनु पर्ने धारणा राख्दै डंगोलले, स्व. रिजालका सपना वडा कार्यालयका हरेक पर्खाल, भित्ता र अन्य संरचनामा जोडिएको बताउनुभयो ।

त्यस क्रममा बोल्दै महानगरपालिकाका पूर्व प्रमुख विद्यासुन्दर शाक्यले, कामको उत्कृष्ट नतिजाका लागि राग, द्वेषको सट्टा आपसमा मिलेर काम गर्नु पर्ने बताउनुभयो । स्व. रिजालसँग जोडिएका स्मृतिको कुरा गर्दै उहाँले, स्व. रिजालका सपनासँग जोडिएका राम्रा कामलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

वडाका कार्यवाहक अध्यक्ष महर्जनले, स्व. रिजालसँग काम गर्दा उहाँका सोच आफूलाई जानकारी भएको बताउँदै ती सोच कार्यान्वयनमा कमी हुन नदिने बताउनुभयो ।

स्व. रिजालकी पत्नी कविता आचार्यले, रिजालले सामाजिक रुपान्तरणका लागि देख्नुभएका सपना मध्ये वडा भवन बनाउने प्रमुखमध्येको एउटा भएको बताउनुभयो । जीवन सामाजिक सेवाकै क्षेत्रमा लागेर विताउनुभयो । आफूसँगै परिवारलाई घरको काम छोडेर सामाजिक काममा लाग्न अह्राउनुहुन्थ्यो । आचार्यले भन्नुभयो, ‘उहाँको सपनासँग जोडिएको वडा भवनबाट सबै सेवाग्राही सन्तुष्ट भएर फर्किन सकुन् । यसले उहाँको आत्माले शान्ति पाउनेछ ।’

कार्यक्रममा शालिक निर्माण गर्ने महेश तुलाधर र २९ औँ महानगर दिवस २०८० मा महानगरपालिकाले आयोजना गरेको बाँसुरी वादन प्रतियोगितामा दोस्रो स्थान हासिल गर्ने कलाकारहरुलाई सम्मान गरिएको थियो ।

२०७८ साउन ३० गते शिलान्यास भएको थियो । पूर्व प्रमुख विद्यासुन्दर, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहित स्व. रिजालले जग पूजा र शिलान्यास गर्नुभएको थियो । शिलान्यासपछि बोल्दै स्व. रिजालले भन्नुभएको थियो, ‘वडा कार्यालयको डिजाइन गर्दा आजभन्दा १० पछिको अवस्थालाई आँकलन गरिएको छ । हामी वडाको सेवा कुनै पनि कारणले नरोकिने संरचना बनाउँदैछौँ । वडा कार्यालय बनाउने महानगरको निर्णय हरेक सेवाग्राहीको सुविधासँग जोडिएको विषय हो । यसकारण वडा कार्यालन बन्नुलाई सबैले गौरवका रुपमा ग्रहण गर्नुपर्छ ।’

भवन निर्माणका लागि २०७८ साउन २९ गते कायादेश दिइएको थियो । भवनको लागत अनुमान १० करोड ३७ लाख ३७ हजार ३१० रुपैयाँ गरिएको थियो । बोलपत्रका माध्यमबाट गरिएको खुला प्रतिस्पर्धाबाट गौरी पार्वती-के एण्ड के. जी – रमिता जेभीले ७ करोड ५३ लाख २२ हजार ६४० अर्थात् २९.१६ प्रतिशत कम रकममा निर्माण कबोल गरेपछि निर्माणको जिम्मा पाएको थियो । इञ्जिनियर श्रेष्ठका अनुसार काम कबोल गरेभन्दा कम रकम (करिव ७ करोड रुपैयाँ) मा सम्पन्न भएको छ ।

भवनका डिजाइनर सार्वजनिक निर्माण विभागका इञ्जिनियर प्रेमबहादुर श्रेष्ठकाअनुसार बेसमेन्टसहित भवन १० हजार ७०३ बर्गफुट क्षेत्रफलको छ । भवनको भूमिगत तलामा १० वटा चारपाङ्ग्रे सवारी पार्किङ् गर्ने क्षमता छ । ६ जना व्यक्ति अट्ने क्षमताको लिफ्टसहितको भवन अपाङ्गमैत्री हो ।

भवन बाहिरबाट हेर्दा नेपाली परम्परागत शैलीको छ । भित्री सुविधा आधुनिक छन् । भवनको जमिन तलामा सहरी स्वास्थ्य क्लिनिक र दर्ता चलानी कक्ष राखिनेछ । पहिलो तलामा वडाध्यक्ष, वडासचिवसहित कर्मचारीको कक्ष हुनेछ । दोस्रो तलामा वडा सदस्य र कर्मचारीको कक्ष हुनेछ । भवनमा सुविधा सम्पन्न बैठक कक्ष रहेको छ ।

१ रोपनी ४ आना २ पैसा जमिनमा भवन निर्माण भएको हो ।