२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अधिवक्ता सुधिज्ञ पन्तको सगरमाथा आरोहण अनुभव-भिडियो सहित महसुल बक्यौतासम्बन्धी विषय आपसी समझदारीबाट टुङ्ग्याउन प्रस्ताव रावल आयोग कार्यान्वयन गर्न भूमि मन्त्रालयले बनायो समिति अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ स्वादको सारथि: नेपाली खानालाई विश्व चिनाउने एक्जीक्युटिभ सेफ गोविन्द नरसिंह केसी बराइमा स्काभेटर दुर्घटना चालकको मृत्यु नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा कांग्रेस बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छः नेता डा कोइराला आयुर्वेद औषधि उत्पादनलाई प्रभावकारी तुल्याउनुपर्छ: मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

आशिष चौधरीसहित चार फुटबलर अष्ट्रेलिया प्रस्थान



अ+ अ-

काठमाडौँ । नेपाली फुटबलर विदेश पलायन हुने क्रम जारी छ । यसैबीच मंगलबार चार जना फुटबलर अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

राष्ट्रिय फुटबल टोलीका आशिष चौधरीसहित विभिन्न क्लबबाट व्यवसायिक खेल खेलिरहेका सेसेहाङ आङदम्बे, सिमान्त थापा र आशिष देउला अष्ट्रेलिया उडेका हुन् ।

आशिष ए डिभिजन विजेता चर्च ब्वाइ युनाइटेडका खेलाडी हुन भने नेपाल सुपर लिग अन्तरगत धनगढी एफसीका मार्की खेलाडी समेत थिए । यस्तै, सिमान्त जावलाखेलका कप्तान हुन् भने सेसेहाङ त्रिभुवन आर्मिका खेलाडी हुन् । देउला भने एनएसएल अन्तर्गत झापाका गोलकिपर थिए ।

पछिल्लो समय नेपालमा फुटबलरको उचित भविष्य नहुँदा खेलाडीहरु धमाधम विदेश पलायन हुन थालेका छन् । पलायन हुने खेलाडीको संख्या अधिक रहेको छ ।