१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री पार्टीका सबै कार्यक्रम रोकेर राहत र उद्धारमा केन्द्रित हुने कांग्रेसको निर्णय बाढीपहिरोका कारण डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित रसुवाको बाढीलाई ‘जलवायु न्याय’ र ‘हिमाली सुरक्षा’को राष्ट्रिय एजेण्डा बनाउन राप्रपा सचेतक ओलीको माग बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूनम पाण्डेको समस्या बढ्यो, मोडलविरुद्ध थुप्रै उजुरी दर्ता



अ+ अ-

एजेन्सी । भारतीय मोडल पूनम पाण्डेविरुद्ध मृत्युको झुटो समाचार फैलाएको भन्दै तीनवटा उजुरी परेका छन् । अधिवक्ता अली कासिफ खान देशमुखले पूनम पाण्डेविरुद्ध पहिलो उजुरी माग गरेका थिए ।

यसपछि अखिल भारतीय चलचित्रकर्मी संघले पनि अभिनेत्रीलाई कानुनी कारबाही गर्न माग गरेको छ । अहिले प्रनम पाण्डेविरुद्ध सामाजिक सञ्जालका प्रभावशाली फैजान अन्सारीले तेस्रो लिखित उजुरी दिएका छन् ।

पूनमले प्रचारप्रसारका लागि आफ्नै मृत्युको झूटा अफवाह फैलाएर जनतालाई भ्रममा पारेको भन्दै उनीहरुले पूनमविरुद्ध उजुरी गर्न माग गरेका छन् । यस विषयमा कानुनी कारबाही गरिने मुम्बई प्रहरीले जनाएको छ ।

अखिल भारतीय चलचित्रकर्मी संघले मोडल–अभिनेत्री पूनम पाण्डेलाई पनि कानुनी कारबाही गर्न माग गरेको छ । अखिल भारतीय चलचित्रकर्मी संघले मुम्बई प्रहरीलाई पत्र लेखेको छ । पूनम पाण्डेलाई कारबाही गर्न प्रहरीसँग माग गरिएको छ ।

के थियो पूरा कुरा ?
अभिनेत्री–मोडल पूनम पाण्डेले आफ्नो मृत्युको झुटो समाचार बनाएर सबैलाई चकित पारेकी थिइन् । शनिबार एक भिडियो शेयर गर्दै अभिनेत्रीले आफू जिवितै रहेको बताएकी छिन् । उनको मृत्यु पाठेघरको मुखको क्यान्सरका कारण भएको थिएन । जनतालाई सचेत गराउनको लागि उनले आफ्नो मृत्यु मञ्चन गरेकी थिइन् ।

भिडियोमा पूनमले भनिन्, ‘म जिउँदै छु । पाठेघरको मुखको क्यान्सरले गर्दा म मरेको होइन । दुर्भाग्यवश, पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका अन्य महिलाहरूका लागि पनि म त्यस्तै भन्न सक्दिनँ । उनीहरुले केहि गर्न नसक्ने कारणले होइन तर के गर्ने थाहा नभएको कारणले यस्तो हुन्छ ।’

म यहाँ के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरु क्यान्सरजस्तो होइन । यो रोक्न सकिन्छ । तपाईंले आफ्नो परीक्षण गर्नु र एचपीची खोप लिनु पर्छ । हामी यो सबै गर्न सक्छौं ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस् ।’