६ मंसिर २०८१, बिहीबार
,
Latest
नदी किनारसम्बन्धी मापदण्डमा पुनरावलोकन अनुमति चिसो बढेपछि सिरक डसनाको कारोवारमा वृद्धि विआरआईबारे अनावश्यक विवाद गरेर नेपालीको भाग्यमाथि खेलवाड गरिरहेको झलनाथको आरोप प्रथम त्रैमासिकको प्रगति समीक्षाः जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयकको मस्यौदा प्रतिवेदन पारित नेपाल वायुसेवा निगमद्वारा टिकटमा छुट उपत्यकामा तीनजना मृतावस्थामा भेटिए विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन नेप्से परिसूचक ३१.३१ अंकले गिरावट,कारोबार रकम ८ अर्ब रूसद्वारा युक्रेनमा अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाजामा प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या २७ हजार ३६५ पुग्यो



अ+ अ-

एजेन्सी । गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या २७ हजार ३६५ पुगेको छ । साथै ६६ हजार ६३० जना घाइते भएका छन् ।

गत २४ घण्टामा इजरायली सेनाले गाजामा १२७ प्यालेस्टाइनी मारेको र १७८ जना घाइते भएको मन्त्रालयका प्रवक्ता अशरफ अल–कद्राले बताउनु भयो । अक्टोबर ७, २०२३ देखि इजरायलले दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको बदला लिन गाजामा हमास बिरुद्ध ठूलो मात्रामा सैन्य आक्रमण गरिरहेको छ ।

जसमा इजरायली अधिकारीहरूका अनुसार लगभग १ हजार २ सय इजरायलीहरूको ज्यान गएको छ ।