२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्शनले बलिङमा राम्रो गरेको छ, ब्याटिङमा ब्याडलक हो: जगत टमाटा



अ+ अ-

काठमाडौँ । यु १९ टोलीका प्रशिक्षक जगत टमाटाले खेलाडीहरुको प्रदर्शनीबाट खुशी रहेको बताउनु भयो ।

दक्षिण अफ्रिकामा भएको यु—१९ एकदिवसीय क्रिकेटमा सहभागी स्वदेश फर्किने क्रममा विमानस्थलमा पत्रकारहरुसँग बोल्दै उहाँले विश्वकप समग्रमा राम्रो भएको बताउनु भयो ।

उहाँले यु १९ टिममा राम्रा खेलाडीहरु भएकाले आगमी दिनमा नेपाली क्रिकेटको भविष्य उज्वल रहेको बतँउनु भयो । उहाँले भन्नुभयो, ‘समग्रमा विश्वकप एकदमै राम्रो भयो । फ्यानहरुले एकदम सपोर्ट गरेको थियो । यु १९ टिमले एकदमै राम्रो खेल्यो । यो मेरो लागि र नेपालको क्रिकेटका लागि एकदमै खुशीको कुरा हो । वल्र्डकप क्वालिफायर्स महत्वपूर्ण थियो, त्यो हामीले पार गरेका छौँ । विश्वकप जोर्नी टिम, मेरो र नेपाली क्रिकेटको लागि राम्रो हो । सबै सदस्य त्यति नै महत्वपूर्ण हुन्छन् । आफ्नो दिन भएकाले राम्रो खेले । ब्याटिङमा गुलशनको राम्रो हुन सकेन, उसको ब्याड लक नै हो । उसले धेरै कुरा सिकेको छ । आगामी दिनमा राम्रो गर्नसक्छ ।’

त्यस्तै गुल्शन झाले समग्रमा विश्वकप राम्रो भएको बताउनु भयो । उहाँले बलिङमा राम्रो भएपनि ब्याटिङमा आफूले सोचेको जस्तो हुन नसकेको बताउनु भयो । खेलमा सधैँभरी राम्रो नै हुन्छ भन्ने नसकिने र उत्तारचढाव भइरहने बताउनु भयो । समग्रमा विश्वकपबाट अनुभव लिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा राम्रो भयो । टिमले राम्रो खेल्यो । बलिङ मबाट राम्रो थियो, ब्याटिङमा राम्रो भएन । मेरो पनि धेरै आशा थियो, भएन । कहिले कहीँ खेलाडीमा यस्तो हुन्छ । अनुभव राम्रो भयो ।’

त्यस्तै आकाश चन्दले टिमले राम्रोसँग खेलेको बताउनु भयो । उहाँले सुपर सिक्समा पुग्नु नै देश र आफूहरुको लागि राम्रो कुरा भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘टिमले राम्रो खेल्यो । सुपर सिक्समा पुग्न सक्यौँ धेरै नै राम्रो भयो । अझै राम्रो हुन सक्थ्यो ।’

त्यस्तै सुवास भण्डारीले पनि सुपर सिक्समा राम्रोसँग खेल्न नसकेको बताउनु भयो । उहाँले खेलबाट धेरै कुराहरु सिक्ने अवसर पाएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सुपर सिक्समा अलि राम्रो खेल्न सक्थ्यौँ भएन । अरु धेरै नयाँ कुराहरु सिकियो । आफ्नो प्रदर्शनीबाट खुशी छु ।’