काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहले दोश्रो पटक पुष्पकमल दाहाललाई संसदीय दलको नेता चयन गरेको छ ।
पुन: स्थापित प्रतिनिधिसभाको बैठक सुरु हुनु दुई दिन अघि बसेको सो समूहको संसदीय दलको बैठकले दाहाललाई फेरि दलको नेता चयन गरेको हो ।
सो समूहका ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकमा माधव नेपालले प्रस्ताव र पम्फा भुसालले समर्थनमा दाहाललाई दलको नेता चयन गरिएको हो ।
यसअघि पनि दलको नेता बाट प्रधानमन्त्री केपि ओली, उपनेता सुवास नेम्बाङ्ग, सचेतक शान्ता चौधरी लगायतका नेताहरुलाई हटाउने निर्णय गरेको थियो ।











