१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान



अ+ अ-

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ ।

समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको बताउनु भयो । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको भेटमा सिसीले उक्त टिप्पणी गर्नुभएको हो ।

उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ । वार्ताले सान्दर्भिक अन्तर्राष्ट्रिय संकल्पको कार्यान्वयनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

फ्रान्सेली मन्त्रीले इजिप्टसँग स्थायी युद्धविराम र बन्दीहरूको आदानप्रदानको लागि समन्वय गर्न आफ्नो देशको प्रतिवद्धता गर्नुभयो । दुई देशहरूले द्वन्द्वको विस्तार रोक्न महत्वपूर्ण रहेको बताउनु भयो । दुवै पक्षले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट बिस्थापित गर्ने कुनैपनि उपाय वा नीतिहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्ने बताए ।




भर्खरै