२८ फाल्गुन २०८१, बुधबार
March 12, 2025 Wednesday
Latest
सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न विधेयक ल्याइएको होः मन्त्री अधिकारी युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’ महासंघको कोषाध्यक्षमा भरत आचार्य मनोनित भन्सार जाँच पासपछि अनुसन्धान नाममा व्यवसायीलाई दुःख नदिन सांसदहरुको जोड स्ववियु चुनावः ८२ क्याम्पसमा अध्यक्ष निर्विरोध, अनेरास्ववियु पहिलो स्थानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखरा–छेन्दु उडान हुँदै आर्थिक तथा व्यवसायिक वातावरण सुधारसम्बन्धी विधेयकले मुलुकलाई समृद्धितर्फ अगाडि बढाउँछः अर्थमन्त्री पौडेल नेपाल नामिबियासँग २३ रनले पराजित १२ दिनसम्म जाममा फस्नुपरेको विश्वको सबैभन्दा लामो जाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

इजिप्ट राष्ट्रपतिद्वारा प्यालेस्टाइन समस्या समाधानका लागि आह्वान



अ+ अ-

एजेन्सी । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले प्यालेस्टाइन समस्याको समाधान र मध्यपूर्वमा सुरक्षा र स्थिरताको आह्वान गर्नुभएको छ ।

समस्या समाधानका लागि दुई–राज्यबीच समाधानलाई पुनर्जीवित गर्नुपर्ने सम्झौता हुनु आवश्यक रहेको बताउनु भयो । फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री स्टेफेन सेजोर्नसँग कायरोमा भएको भेटमा सिसीले उक्त टिप्पणी गर्नुभएको हो ।

उक्त बैठकले गाजा पट्टीमा युद्धविराम गर्न र गाजाका जनताले भोग्दै आएको गम्भीर मानवीय विपत्तिको अन्त्य गर्न मानवीय सहायता र राहतमा पहुँच प्रदान गर्न केन्द्रित भएको बताइएको छ । वार्ताले सान्दर्भिक अन्तर्राष्ट्रिय संकल्पको कार्यान्वयनका सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायले जिम्मेवारी वहन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

फ्रान्सेली मन्त्रीले इजिप्टसँग स्थायी युद्धविराम र बन्दीहरूको आदानप्रदानको लागि समन्वय गर्न आफ्नो देशको प्रतिवद्धता गर्नुभयो । दुई देशहरूले द्वन्द्वको विस्तार रोक्न महत्वपूर्ण रहेको बताउनु भयो । दुवै पक्षले प्यालेस्टिनीहरूलाई आफ्नो भूमिबाट बिस्थापित गर्ने कुनैपनि उपाय वा नीतिहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्ने बताए ।