८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar एमालेद्वारा पुरानो संसद् पुनस्र्थापनाको मुद्दा छिटो टुंग्याउन सर्वोच्चलाई आग्रह News Polar २२ वर्षपछि काठमाडौंमा सम्यक् महादान आयोजना हुँदै News Polar स्रोतबाटै फोहोर वर्गीकरण अनिवार्य गरिने News Polar कुटीको जग्गाबाट विस्थापित गर्न खोजिएको भन्दै जनकपुरधाममा प्रदर्शन हुने News Polar ओलीले अध्यक्षबाट सम्मानजनक रूपमा नेतृत्वबाट विदा लिनुपर्ने प्रश्ताव केन्द्रिय कमिटीले स्वीकार गरेनः योगेश भट्टराई News Polar महिला कबड्डीमा नेपालले लगातार दोस्रो पटक काँस्य जित्यो News Polar असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह News Polar विपद्मा बेपत्ता व्यक्तिको न्यायिक घोषणासहितका व्यवस्था गर्न विधेयक तयार News Polar राष्ट्रिय सभामा लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा

नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै

नार्पाभूमिमा सडक सञ्जाल विस्तार गरिँदै
अ+ अ-

मनाङ । गण्डकी प्रदेशको विकट जिल्लाका रुपमा मनाङलाई लिइन्छ । जिल्लाको नार्पाभूमिमा सहज यात्राका लागि अहिलेसम्म सडक पहुँच विस्तार भएको छैन । अहिले हिमाली जिल्ला मनाङका जनप्रतिनिधिलाई यहाँ सडक सञ्जाल विस्तार गर्नु मुख्य चुनौती बनेको छ ।

यहाँका स्थानीयलाई सदरमुकाम चामे पुग्न सडक सहज बनाउनु नै प्राथमिकता रहेको छ । सदरमुकाम पुग्नका लागि पैदलयात्रा गर्दा तीन दिन छुट्याउनुपर्ने बाध्यता रहेको स्थानीय सोनाम तेञ्जिङ लामाले बताउनुभयो । यहाँका स्थानीयको माग सडक सञ्जाल विस्तार गर्नु रहेको उहाँको भनाइ थियो ।

“सङ्घीयता कायम भएपछि गाउँ गाउँमा सिंहदरबार पुग्यो । यहाँ भने सडकसम्म पुग्न सकेन् । स्थलमार्गको पहुँच राम्रो नहुँदा सदरमुकाम पुग्न तीन दिन लाग्छ”, लामाले भन्नुभयो । सडक निर्माण अगाडि बढ्दा आशा पलाएको भन्दै उहाँले सडक बनेपछि स्थानीयले सास्ती भोग्नु नपर्ने बताउनुभयो ।

स्थानीय कर्मा याञ्चु लामाले भन्नुहुन्छ, “हामीलाई अस्पताल पुग्न पनि सास्ती हुने गरेको छ । बिरामी भए अस्पताल पुग्नै तीन दिन लाग्छ । यहाँको स्वास्थ्य चौकीमा औषधि भए पनि स्वास्थ्यकर्मी र डाक्टर कोही हुँदैनन् ।” यहाँका स्थानीय अझै पनि जडीबुटीको भरमा उपचार गर्न बाध्य रहेका उहाँले बताउनुभयो ।

स्वास्थ्य चौकीमा डाक्टर नआएपछि जटिल किसिमको बिरामी भएमा  गाउँपालिकाको सहयोगमा काठमाडौँ जानुपर्ने अवस्था रहेको कर्माको भनाइ थियो । गाउँपालिकाको सहयोगमा हेलिकप्टरमार्फत काठमाडौँका अस्पताल पुग्ने गरिएको उहाँले जानकारी दिनुभयो ।

“यहाँबाट छिटो पुग्ने बाटो बनेको छैन । अहिले बन्न लागेको भन्ने सुनेका छौँ । छिटो निर्माण सम्पन्न भए सबैलाई सहज हुने थियो”, कर्माले भन्नुभयो । यहाँका स्थानीय सडक नबने पनि पैदल हिँडेर विभिन्न कामका लागि चामे सदरमुकामसम्म पुग्ने गरेका छन् । स्थानीयले भोगेका समस्या समाधानमा अहिले जनप्रतिनिधिले प्राथमिकतामा राखेर काम गरिरहेका छन् ।

मनाङमा सडक सञ्जाल विस्तार भएकोे २० वर्षपछि जिल्लाको विकट क्षेत्र नार्पाभूमि सडक सञ्जालसँग जोडिन लागेको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले बताउनुभयो । उहाँका अनुसार प्रदेश सरकार र स्थानीय पालिकाबाट बजेट छुट्याइएपछि सडकको ट्र्याक खोल्न लागिएको हो ।

जनप्रतिनिधि तथा स्थानीयको पहलमा अहिले सडक सञ्जाल विस्तारको काम भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । चिसो र हिमपातका कारण जाडोमा काम रोकिएको भन्दै फागुनको अन्तिम सातादेखि कामले तीव्रता पाउने उहाँले बताउनुभयो ।

अध्यक्ष लामाका अनुसार सडकको ट्र्याक खोल्नका लागि सहरी विकास मन्त्रालयबाट रु २५ लाख, गण्डकी प्रदेश सरकारबाट गतवर्ष रु ४० लाख र चालु आर्थिक वर्षमा गाउँपालिकाबाट रु ९० लाख विनियोजन भएको छ । “हिउँदे अधिवेशनपछि प्रदेश र सङ्घ सरकारबाट बजेटको व्यवस्थापन हुन सक्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

मनाङ सडक सञ्जालसँग जोडिएको लामो समयपछि नार्पाभूमि गाउँपालिकामा ट्र्याक खोल्न लागिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनुभयो । उहाँले पालिकालाई सडक सञ्जालसँग जोड्ने लक्ष्य पूरा गर्न मनाङका जनप्रतिनिधि र छिमेकी पालिकाको सहयोग रहेको बताउनुभयो ।

“पालिकाबाट मात्रै बजेट विनियोजन गरेर भए पनि सडकको ट्र्याक खोल्ने योजना बनाएको थियौँ । यसमा प्रदेश र सङ्घ सरकार समन्वय गरेपछि थप हौसला थपिएको छ”, अध्यक्ष लामाले भन्नुभयो, “हालसम्म २६ किलोमिटर सडक खनिसकिएको छ । माथिबाट पालिकाले कामदार खटाएर सडक खनिरहेको छ भने तलबाट एक्साभेटरको प्रयोग गरी अपरेटटर र सहयोगी राखेर काम भइरहेको छ ।”

चामे गाउँपालिका–३ कोतोमा मस्र्याङ्दी नदीमा मोटरेवल पुल, नार्पाभूमि गाउँपालिकाको छ्याचेको नार खोलामाथि मोटरेवल पुल निर्माण गर्न अध्ययन प्रतिवेदन तयार भइरहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । उहाँका अनुसार सडक नौ मिटर चौडा हुनेछ ।

स्थानीय सरकारले सडक सञ्जालसँग गाउँलाई जोड्ने उद्देश्यले आव २०७५र७६ देखि चालु आवसम्म बजेट विनियोजन गर्दै आएको छ । गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ ९दीपक मनाङे० को क्षेत्रका रुपमा रहेको नार्पाभूमिमा हालसम्म सडक सञ्जाल पुगेको छैन ।

यस क्षेत्रमा सडक विस्तार गर्न मनाङेसहति जिल्लाका पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला सांसद तथा स्थानीय सरकारका जनप्रतिनिधि लागिपरेका छन् । “यहाँ ट्र्याक खोलेर मात्रै हुँदैन । भिरको बाटो छ, जोखिम उत्तिकै हुन्छ । जोखिम कम गर्न यहाँका नदीनालामा व्यवस्थित पुल निर्माण पनि उत्तिकै आवश्यक छ”, लामाले भन्नुभयो, “सडकसँगै पुल निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग समन्वय गरिरहेका छौँ । बजेट विनियोजन भए यसलाई सुरक्षित बनाउन सक्नेछौँ ।”

यस पालिकामा ट्र्याक खोलिएसँगै स्थानीयमा खुसी छाएको छ । जोखिम बाटोमा पैदलयात्रा गर्नुपर्ने बाध्यता हट्ने स्थानीय बताउँछन् । मस्र्याङ्दीलगायत सानाठूला नदीमाथि पुल निर्माण गर्न सकिए यात्रा अझै सुरक्षित हुने उनीहरुको भनँइ छ । यस पालिका सडक सञ्जालसँग जोडिएपछि जिल्लाका सबै पालिकामा सवारीसाधनमार्फत यात्रा गर्न सकिन्छ । रासस