२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री बस्नेत : अख्तियारमा अनुपस्थित, भाषण गर्न उपस्थित



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणका लागि ‘टेरामक्स’ प्रविधि खरिद गर्ने नीतिगत निर्णयको भ्रष्टाचारमा परेका वर्तमान स्वास्थ्यमन्त्री तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेत अख्तियारको सूचनालाई अटेर गरिरहेका छन् ।

उनले अख्तियारको फोन उठाउँदैनन् । सहयोगीमार्फत् आएको फोन पनि रिसिभ गर्दैनन् । यसरी उनी अख्तियारमा ‘सम्पर्कविहीन’को सूचीमा छन् । अख्तियारको पत्राचारको पनि जवाफ फर्काएका छैनन् । पूर्व सञ्चारमन्त्रीको हैसियतले टेरामक्स प्रविधि खरिदका लागि दिइएको आदेशमा भ्रष्टाचार गरेको आशंकामा उनीसँग पनि अख्तियारले बयान लिन चाहिरहेको छ । तर उनी बयानका लागि जान चाहेका छैनन् । अथवा भनौँ उनले अख्तियारलाई टेरेका पनि छैनन् । तर यता मन्त्रीका हैसियतले भाषण गर्न भने हिँडीरहेका छन् ।

उनी दिनमा कम्तीमा पनि तीनओटा कार्यक्रममा जाने गर्दछन् । प्रधानमन्त्रीपछि सबैभन्दा बढी सार्वजनिक कार्यक्रममा जाने र भाषण गर्ने मन्त्रीमा बस्नेत नै पर्दछन् । उता अख्तियारमा सम्पर्कबिहीन भएका व्यक्ति यता भाषणमा भने दिनदिनै तँछाडमछाड गरिरहेका छन् र सरकारी सञ्चारमाध्यममा भाषण र तस्बिरमा दिनदिनै छाउने गरेका छन् । उनीजस्तै पूर्व सञ्चारमन्त्रीका हैसियतले ज्ञानेन्द्रबहादुर कार्की पनि अख्तियारको खोजी सूचीमै छन् । तर उनले पनि अख्तियारको बारम्बारको आमन्त्रणलाई बेवास्ता गरी बयानका लागि गएका छैनन् ।

उनलाई पनि अख्तियारले ‘सम्पर्कविहीन’को सूचीमा राखेको छ । संसदको बैठक आह्वान भैसकेकाले उनीहरुलाई बयानका लागि बोलाउँदा नगए पनि अख्तियारले प्रहरी लगाएर लैजान सकेको छैन । पहिले बारम्बार बोलाउँदा आएनन् अहिले अब संसदको बैठक आह्वान भैसकेकाले सभामुखको अनुमति बेगर प्रहरी लगाउन मिलेन । अख्तियारको समाचार स्रोतले जनाए अनुसार आज या भोलिसम्म अख्तियारको बोर्ड बैठक बसेर यस विषयमा निर्णय गर्ने भएको छ ।

उनीहरुलाई बयानका लागि कसरी उपस्थित गराउने या बयान बिना नै मुद्दा दायर गर्ने कि भन्ने विषयमा सो बैठकले निर्णय गर्ने सो स्रोतले जानकारी दियो । सो टेरामक्स काण्डमा अरु मन्त्री र सचिवहरुसँगै वर्तमान मुख्यसचिव डा बैकुण्ठ अर्याल पनि सो काण्डको अनुसन्धानको दायरामा परेका छन् । सर्वोच्च अदालतले टेरामक्सको टेण्डर रद्द गर्ने निर्णय बदर गरेपछि दोस्रोपटक प्रक्रिया अघि बढेको थियो ।

नेपाल दुरसञ्चार प्राधिकरणबाट पठाइएको बजेटसम्बन्धी प्रस्ताव अनुमोदनका क्रममा तत्कालीन सञ्चारमन्त्री कार्की जोडिएका हुन् । बजेट स्वीकृत भइसकेको र ठेक्काका लागि रकम नभएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले २०७८ सालमा पुरक बजेटका लागि सञ्चार मन्त्रालयमा स्वीकृति मागेको थियो ।