४ पुष २०८२, शुक्रबार
,
Latest
जेनजी आन्दोलनका सात जना घाइतेको वर्गीकरण सिफारिस राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण हारपछि विष्णु रिमालको प्रतिक्रिया–मेरो औपचारिक भूमिका परिवर्तन भयो कमजोर खर्च व्यवस्थापन र सुशासन सरकारको मुख्य चुनौतिः उद्योगमन्त्री सिन्हा पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो अर्थमन्त्रीको आश्वासनः क्षतिग्रस्त भवन पुनर्निर्माणका लागि संघ सरकारले सहयोग गर्छ दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु रवि लामिछाने छुट पुर्जी लिन भैरहवा जाँदै नेपाल–भारत पर्यटन साझेदारी सुदृढ गर्ने लक्ष्यसहित पोखरामा इन्डिया–नेपाल टुरिजम मिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ गोल निस्केको खेलमा न्युक्यासल र लुटनको रोमाञ्चक बराबरी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत न्युक्यासल युनाइटेड र लुटन टाउनले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टोलीले ४–४ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलको ७ औं मिनेटमा सिन लङ्स्टाफले गोल गर्दै घरेलु टोली न्युक्यासललाई सुरुवाती अग्रता दिलाएका थिए । २१ औं मिनेटमा गाब्रियल ओसोले गोल गर्दै लुटनलाई १–१ को बराबरीमा ल्याए ।

२३ औं मिनेटमा लङ्स्टाफले व्यक्तिगत तथा टोलीका लागि पनि दोस्रो गोल गर्दै खेललाई २–१ ले अघि बढाए । ४० औं मिनेटमा रोस बार्कलीले गोल गर्दै लुटनलाई २–२ को बराबरीमा ल्याए ।

त्यसपछि ५९ औं मिनेटमा कार्टलन मोरिसले (पेनाल्टी) र ६२ औं मिनेटमा एलिजा अडेवायोले गोल गर्दै लुटनलाई ४–२ गोलले अघि बढाए । यता, ६७ औं मिनेटमा किएरन ट्रीपरले तथा ७३ औं मिनेटमा हार्भी बार्न्सले गोल गर्दै न्युक्यासललाई ४–४ को बराबरी गरे ।

बराबरीसँगै न्युक्यासल २३ खेलबाट ३३ अंकका साथ नवौं स्थानमा रहँदा लुटन २२ खेलबाट २० अंकका साथ १६ औं स्थानमा छ ।