• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

जापानलाई हराउँदै इरान एसिया कपको सेमिफाइनलमा



काठमाडौँ । इरान कतारमा जारी एएफसी एसियन कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

भर्खरै सम्पन्न खेलमा जापानलाई २–१ गोलले हराउँदै इरानले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलको २८ औं मिनेटमा हिडेममासाले गोल गर्दै जापानलाई सुरुवाती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा मोहम्मद मोहेवीले गोल गर्दै इरानलाई १–१ गोलको बराबरीमा ल्याए ।

यता, खेल सकिनै लाग्दा इन्जुरी समयमा इरानका कप्तान अलिरेजा जहानबक्षले पेनाल्टीमा गोल गर्दै इरानलाई सेमिफाइनलमा पुर्याए ।