६ बैशाख २०८२, शनिबार
April 19, 2025 Saturday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.76

Wind: 3.09

Humidity: 100

Latest
सञ्चारिका समूहको अध्यक्षमा पन्थी निर्वाचित काम गर्न नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना भएपछि मन्त्री फेर्ने गृहकार्य सौर्यमण्डल बाहिरको ग्रहमा जीवनको सम्भावित लक्षण देखिएको वैज्ञानिकहरूको दाबी सबै वडामा आफ्नै भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा पर्यटन प्रवर्द्धन गर्न आकर्षक पर्यटकीय ‘प्याकेज’ पस्कनुपर्छ : विज्ञहरु यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको कार्यकाल सकियो, आयोगबाट बिदाइ एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीसँग शिक्षक महासंघका पदाधिकारीको छलफल, के कुरा भयो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ खेलाडीको प्रभाव



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटले शनिवार विजेताका रूपमा नेपाल पुलिस क्लवलाई पाएको छ ।

पुलिसले शनिवार कीर्तिपुरमा सम्पन्न फाइनलमा विभागीय टोली नेपाल आर्मी क्लवलाई हराउँदै उपाधि उचालेको हो । पुलिस तेस्रो पल्ट च्याम्पियन भयो । उपाधि जित्ने क्रममा पुलिसले आफ्नो अपराजित यात्रालाई प्रतियोगिताभर कायम राख्यो । पुलिसले लिगमा ९ र फाइनल गरी कुल १० खेलको नतिजा आफ्नो पक्षमा पार्यो । प्रतियोगिताभर कुल ४६ खेल सम्पन्न भए । यसबीच यस पटक धेरै आशालाग्दा प्रदर्शन भए । हुन त सकारात्मक नतिजा आउँदा खेल मैदानको प्रभाव पनि रह्यो ।

यस पटक केन्द्रसँगै मोफसलमा गरी तीन स्थानमा खेल आयोजना भयो । भैरहवामा ११ खेल सञ्चालन भए । बाँकी खेल मुलपानी क्रिकेट मैदान र कीर्तिपुरको त्रिवी मैदानमा खेल भयो । त्रिवी क्रिकेट मैदानमा ब्याटिङ फ्रेण्ड्ली देखिँदा धेरै रनसँगै शतक पनि बने । त्यो पनि लगातार शतक बनेको इतिहास पनि रह्यो । मुलपानी क्रिकेट मैदानमा भने बलरका लागि सहयोगी बन्यो । विशेषतः स्पिनरका लागि यो स्थान उत्तम बन्यो । त्यसैले पनि लगातार एउटै बलरले ४/५ विकेट आफ्नो नाममा लेखाए ।

यता, शतक त्रिवी क्रिकेट मैदानमा मात्र बन्यो । ९ ब्याटरले कुल १० शतक बनाए । ती सबै त्रिवी क्रिकेट मैदानमा मात्र सम्भव भएको हो । आर्मीका कप्तान विनोद भण्डारीको नाममा दुई शतक रह्यो । त्यसबाहेक पुलिसका रासिद खान, एपिएफका सन्दीप जोरा, आसिफ शेख, कोशीका सुजन थपलिया, सुदूरपश्चिमका नरेन भट्ट, वागमतीका आशुतोष घिरैया, मधेस प्रदेशका मायन यादव र अनिल साहले समान एक शतक बनाए । राष्ट्रिय टोलीका नियमित सदस्य आसिफ मात्र शतक बनाउन सफल भए ।

तर अन्य ब्याटर कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, कुशल मल्ल र भीम सार्कीको ब्याटबाट शतक निस्केन । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ब्याटर शतक बनाउन असफल रहे । यद्यपि, कर्णालीको प्रदर्शन भने यादगार बन्यो र पहिलोपटक विभागीय टोलीलाई हरायो । कर्णालीले विभागीय टोली एपिएफमाथि जित निकाल्दै शिर्ष चारको समीकरणमा नै उथलपुथल बनाइदियो । रोहितकुमार पौडेलको कप्तानीमा रहेको एपिएफ लिगमा शिर्ष चारभित्र नै अटाउन असफल रह्यो र इलिट ट्रफी खेल्न नै वञ्चित भयो ।

लिगमा शिर्ष चारभित्रका टोलीले इलिट ट्रफी खेल्नेछन् । त्यसभित्र पुलिस, आर्मीसँगै बागमती र मधेस प्रदेश अटाएका छन् । यद्यपि, नेपाल क्रिकेट संघ (क्यान) ले इलिट ट्रफी कुन फरम्याट, कहिले र कहाँ हुने बारे भने स्पष्ट पारिसकेको छैन । यसै प्रतियोगिताबाट आर्मी छाड्दै एपिएफको कप्तानी जिम्मेवारीसहित एपिएफ पुगेका राष्ट्रिय टोलीका कप्तान रोहितका लागि सहजै भएन । यता, यस प्रतियोगिताबाट कर्णालीले ‘अन्डरडग’ छविमा सुधार ग¥यो । लुम्बिनी र कोशी प्रदेशले भने आशातित प्रदर्शन गर्न सकेनन् ।

कर्णालीले चार जित निकाल्ने क्रममा लुम्बिनी, गण्डकी र कोसीलाई हरायो । नवौं खेलमा लुम्बिनीलाई हराउँदै कोशीले सुखद् अन्त्य ग¥यो, त्यसबाहेक भने उसको प्रदर्शन बिर्सनलायक नै रह्यो । सर्वाधिक रन बनाउने सूचिको शिर्ष ६ राष्ट्रिय टोलीका कुनै पनि सदस्य परेनन् । सर्वाधिक रनकर्ताको शीर्ष १० भित्र नै राष्ट्रिय टोलीका कप्तान रोहित मात्र अटाए । बलिङमा भने स्पिनर पूर्ण हाबी भए । सर्वाधिक विकेटकर्ताको सूचिमा नै स्पिनर रहे ।

वागमतीका सूर्य तामाङले सर्वाधिक ३० विकेट लिँदा अन्य स्पिनर सुदूरपश्चिमका शेर मल्लले २४, पुलिसका ललितनारायण राजवंशीले २३, आर्मीका साहब आलमले २३ र गण्डकीका विपिन खत्रीले २० विकेट लिए । तिब्र गतिका बलर सोमपाल कामीको नाममा १९ विकेट रह्यो । तिब्र गतिका बलरमा उनी नै धेरै विकेटकर्ता हुन् । ब्याटिङ र बलिङ दुवैमा राष्ट्रिय टोलीका खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन । यद्यपि, केही प्रतिभावान खेलाडी भने यो प्रतियोगिताबाट आएका छन् । नयाँ खेलाडीले ब्याटिङ र बलिङ दुवैमा प्रभाव छाडे । जुन सकारात्मक पक्ष हो ।