७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री कप भलिबलः गण्डकी र एपिएफ उपाधिका लागि भिड्दै



अ+ अ-

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले आज फाइनल खेल खेल्ने भएका छन् ।

शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो । यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ सेटले नै हराएर एपिएफ क्लबले फाइनलमा स्थान बनाएको हो । फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्प्रर्धा हुनेछ ।

सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो ।

प्रतियोगिताको विजेताले रु चार लाख, उपविजेताले रु दुई लाख र तृतीय हुने टोलीले रु एक लाख पुरस्कार प्राप्त गर्ने भलिबल प्रशिक्षक जगदीशप्रसाद भट्टले जानकारी दिए । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।