२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

मातृत्वको अगणित हिसाबमा रेखा र राजेन्द्र-‘कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस…’

मातृत्वको अगणित हिसाबमा रेखा र राजेन्द्र-‘कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस…’
अ अ+ अ-

आमा एक पवित्र र दुर्लभ शब्द हो । यस जगतका हर प्राणीले प्राप्त गर्ने आमाको काख र माया अरु कुनै पनि विषयसँग तुलना नहुने अर्थात् अतुलनीय र अपार रहेकाले पनि यो शब्दको वजन र महत्व अरु केहीसँग नमिल्ने हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेत्री तथा नेपाली सिने जगतकी एक चर्चित अभिनेत्री रेखा थापा पनि आफ्ना सन्तानको खुसीका लागि आमाले गर्ने बलिदानीको गहिराइ बुझ्न यतिबेला अमेरिकामा हुनुहुन्छ । पहिलो पटक आमा बन्दै गर्नुभएकी रेखा आमा हुँदै गर्दाको करुणामय अनुभूति लिइरहनु भएको छ ।

आमाले सन्तानका निम्ति गरेको त्यागको हिसाबको लेखाजोखा सायदै कतै हुन्छ होला । किनभने यो अगणित विषय हो । तर पनि यतिबेला भने उहाँले यो असम्भव हिसाबको गणना निकाल्नुपर्ने बाध्यतामा हुनुहुन्छ ।

पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले एक सार्वजनिक कार्यक्रममा देशको अवस्था चित्रण गर्दै ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ बताएपछि त्यसको संकेत रेखा थापातर्फ थियो नै । त्यसैले पनि नचाहेरै पनि अहिले यी आमा बन्दै गरेकी सेलिब्रेटीलाई यो हिसाब निकाल्नु परेको हो । उहाँ आमा बन्दै गर्दा आफ्ना सन्तानको खुुसीको असीमित पर्खाइमा हुनुहुन्छ ।

त्यसैले उहाँका कुरा सुन्दा लाग्छ– मातृत्वको सुखद अनूभतिका लागि यतिबेला उहाँ अमेरिका त के, सके र सम्भव हुने भए चन्द्रमा नै जान मन लागेको छ । रेखाले शुभेच्छा आशीर्वचन चाहिने समयमा यस्ता नकारात्मक टिप्पणी त सुन्न पनि लायक ठान्दिनन् । तर पनि यस्तै बेला मान्छेको आबरण, आचरण, चित्र र चरित्र चिनिँदो रहेछ । मानिस चिनिरहेकी छु । उनलाई कतिपयको अभिव्यक्ति सुन्दा लाग्छ– बिरालालाई जतिसुकै खास्टोले छोपे पनि एक दिन त म्याउ गर्छ नै ।

हुन पनि अहिले राजेन्द्रलाई त्यही बोली गलपासो बनेको छ । एक नेपाली उखान छ– सिसाको घरमा बस्नेले अर्कालाई ढुङ्गा हान्नु हुँदैन । रेखा थापातर्फ तेर्साएको अंकुशले अहिले उहाँ आफैँलाई तानेको छ । र त उच्च अध्ययनका लागि अमेरिकामा रहेकी आफ्नै छोरीका बारेमा स्पष्टिकरण दिदै हिड्नु परेको छ ।

सायद राजेन्द्रको यो पछिल्लो अभिव्यक्ति उनकै छोरीलाई पनि चित्त बुझेका छैन होला । किनकी सबल र सक्षम सन्तान अरुको पहिचानको टेकोमा नभएर आफैँ उभिन, टेकिन र पहिचानमा जीउन चाहान्छन् । यस्ता व्यक्ति प्राय: अरुका विषयमा न चियो गर्छन् र नत चर्चा नै । किनभने उनि पनि राजेन्द्रको छोरी भएर नभई आफनै नाम र क्षमताकै कारण उच्च शिक्षा अध्यायनका लागि उता पुगेकी होलिन् ।

कोही बोलीमा रस हुन्छ कोही बोलीमा रिस, यही बोलीले गर्दा… । सायद यो गीतले भनेजस्तै बोलीमा सन्तुलन नहुदा गर्न नपरेका हिसाब राजेद्रका बाबुछोरी र रेखाले गरिरहेका छन् भन्ने देखिन्छ ।
प्रसुतिका लागि हैसियतले भ्याउदासम्म कहाँ जाने र कुन चिकित्सकलाई देखाउने भन्ने आमाको अधिकारभित्रै पर्ने विषय हो । त्यसका पनि परिवारको सल्लाह र भरोसा बढी जहाँ हुन्छ त्यहीँ जाने हो ।

प्रसुतिका लागि विदेशी गएकी रेखा पहिलो र अन्तिम आमा होइनन् । नेता, अभिनेता, लगायत अन्य क्षेत्रका व्यक्तिहरु आ आफनो अनुकुलु मुलुकमा पुग्ने गरेका छन् । अझ पछिल्लो समय त झन ठुला भनिएका नेताहरु परिवारका साथ प्रसुति सेवा तथा पर्व मनाउन बिदेश हानिन्छन् । उतै बसेर देशको चिन्ता गरेझैँ गर्छन् र सगर्व फोटो पोष्ट गर्छन् । यो हामीले देखी भोगी आएकै कुरा हो ।

आफनो र परिवारको अनकुलतामा रेखा अमेरिका पुगिन् यता पार्टी भित्रको राजनतिको रेखा बाङ्गो टिङ्गो हुन थाल्यो । भलै पार्टीको कार्यसम्पादन समितिको बैठकमा थापाबाट व्यक्त भएको बिचार होस वा गत निर्वाचनमा मोरङमा पार्टी नेतृत्वबाट भएको सहयोग वा असयोग बारे पार्टीमा घन्च मन्च नभएको होइन ।

संविधान पूर्ण रुपमा स्वीकार नगर्ने र संघीयता नमान्ने पृष्ठभूमीमा राजनीति गर्दै आएको राप्रपाले अवसर पाउँदा संविधान र संघीयता बलियो बनाउने अभियानमा जोडिदै आएको छ । बागमतीमा सभामुख, केन्द्र सरकारमा सहभागीतासँगै पछिल्लो पटक कोशीमा सहभागिताको विषयलाई लिएर पार्टी भित्र फैलिएको असन्तिुष्टि मोड्न लिङदेनले त्यता तारो त हानेका हैनन् भन्ने शंका पनि पार्टी भित्र रहेको छ ।

राप्रपाका लागि मात्र होईन राप्रपाका लागि म रेखा सक्रिय थिईन त्यसैले कसैको पनि महत्व कम आँकलन गर्न पनि हुदैन । के देशमा अहिले कुनै एजेण्डा छैन र ? देश बदल्ने कसम खाएर संसदमा पुगेका उहाँहरुको मनमा आउने एजेण्डा मेरो प्रसुति मात्रै हो त ? राप्रपा पनि एजेण्डा बिहिन भएको हो ? सिंगो पार्टीकै अध्यक्षज्यू मेरो पछि किन लाग्नुभयो ? सायद रेख यही सोचिरहेकी होलिन् ।

कुनै पनि मुलुकमा राम्रो जीबनयापन गर्ने हैसियतमा राख्न सक्ने व्यक्ति हुन् रेखा । नेपालको कलाक्षेत्रका लागि सक्दो योगदान पनि गरिरहेकी छिन् । कुन अभिभावकले आफनो सन्तानको भविष्यको ठेक्का लिन सक्छ ? उसले कुन बाटो लिन्छ निजी जीवन र छोराछोरीको ठेक्का लिन सकिन्छ र ? यस्तो विषयमा पनि मानसिक तनाव सहनु परिरहेको उनले ।

नेता हुनु भनेको अगुवा बन्नु हो । कामको अगुवाई नै नेत्रीत्व हो । अनि नेता भनेको अग्रज पनि भएकाले संस्कार पनि दिनुपर्ने हो । उहाँहरुले दिएको संस्कारको अनुशरण गरेर त उहाँको पार्टीमा कार्यकता, जनता पछि लाग्ने हो नि, होइन र ? तर अग्रजले यस्तो सस्कार दिनेले पार्टीका कस्तो सस्कार हुर्कदै छ भन्ने पुष्टि भएको छ । एउटा नारी जो आमा बन्ने सम्वेदनशील अबस्थामा छे, उसललाई यस्तो व्यबहार गर्नेले अरुलाई पनि कस्तो गरेका होलान् ? सुनेकी थिएँ– राजनीति गर्ने मान्छेले नारी स्वतन्त्रता र मातृ सम्मान प्रदान गर्दछन् ।

राजेन्द्रलाई अमेरिकामा रहेकी छोरीको भविष्यलाई लिएर जति चिन्ता र सुर्ता छ त्यो भन्दा बढी आउदै गएको आफ्नो सन्तानको चिन्ता र चासो रेखालाई हुनु स्वभाबिकै हो । भनिन्छ नि जिन्दगीको चौतारीमा ममताको छाया आफुभन्दा पनि धेरै सन्तानको माया हो । अहिले म यही ममताको प्रतिक्षामा छिन् रेखा ।

चलचित्रमा मात्र होइन, व्यबहारमै हिम्मतावाली हुँन् रेखा । त्यसैले उनि ठान्दिहुन् मलाई कसैले कठै नभनोस् । नारी कहिल्यै पनि कठै नबनोस् । मानिस टिठलाग्दो होइन लोभलाग्दो भएर जिउने हो । त्यसैले पनि उनलाई सहानुभूति े होइन, एक सक्षम र बलियो आमा बन्ने आशीर्वाद भने चाहिएको छ । त्यो पनि सच्चा मन र बचनले । अनि शुभचिन्तकहरुबाट ।

आमा सृष्टि हुन् । त्यसैले त पृथ्वी माताले आफ्ना सबै सृष्टिमा बराबरी ममता दर्शाउँछिन् । जसले गर्भमा राखेर सन्तानको सुरक्षा गर्दै आफैलाई पीडाको पोखरीमा राखेर धर्तीमा ल्याउँछ, उसैको नाम हो आमा । यसकारण जसरी सन्तानका लागि आफ्नो आमाभन्दा ठूलो केही हुँदैन, त्यसैगरी आमाका लागि सबैभन्दा प्रिय वस्तु भनेको पनि आफ्ना सन्तान् हुन् । यिनै अनूभूतिको सागरमा डुबुल्की मार्दै मेरा दैनिकी अहिले अघि बढ्दैछन् प्रिय सन्ताको पर्खाइमा ।

नेपाली कलाक्षेत्रमा राम्रै हैसियतमा रहेकी रेखाले चाहदा बिदेशको बसाई खासै ठुलो कुरा थिएन होला तर आज सम्म त्यो निर्णय गरेकी छैनन् होला । महिला शसक्तिकरणा लागि भएको अभियानमा पनि उनको नाम पनि कतै त कतै आईहाल्छ । सायद बिगतको कर्मलार्य उनले आफनो अनुकुलतामा फेरी निरन्तरता दिन्छिन् होला । तर बिशुद्ध आफनो कामको लागि केही समय बिदेशजाँदा पार्टी नेतृत्वबाट रेखाको नाममा राष्ट्रबादको राजनीतिको रोटी सेक्ने काम भने उपयुक्त भएन ।

उच्च शिक्षाका लागि बिदेशी जान लागेकी छोरीलाई बिदेश जादाँ बिमानस्थलमा बिदाई गर्न गएका राजेन्द्र रेखा सन्तान लिएर स्वदेश फर्कदा बिमानस्थलमा स्वागत गर्न पुग्ला कि नपुग्लान यदि पुगे के भन्छन् होला ? देश चलाउने मुल नीति राजनीति हो तर सबै कुरा राजनीति होईन ,नचाहिने स्थानमा राजनीतिको रंग प्रयोग गर्दा राजेन्द्रको हिसाब बिग्रिएको हो ।