• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

मुख्यमन्त्री कप भलिबल प्रतियोगिताः गण्डकी प्रदेश फाइनलमा



दोधारा चाँदनी । कञ्चनपुरको महेन्द्रनगर स्थित खुला मञ्चमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेश फाइनल प्रवेश गरेका छन ।

आज महेन्द्रनगरमा भएको सेमिफाइनल खेलमा गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई ३–२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

“प्रतियोगिताको फाइनल खेल समापन शनिबार दिउँसो हुन्छ ।” उहाँले भन्नुभयो । प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागिय टिम गरी १० वटा टिमको सहभागिता रहेको थियो ।

प्रतियोगितामा विजेता उपविजेता र तेस्रो हुने टिमलाई रु चार लाख, दुई लाख र एक लाख नगदसहित विजेता ट्रफि मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा आइतबारदेखि प्रतियोगिता सुरु भएको थियो ।