२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन News Polar नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल News Polar तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारकाे निर्णय News Polar थापाले बन्द सत्र समापनमा घोषणा गर्दै भने : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन News Polar खगेन्द्र सुनारले भने– ‘ममाथि लागेका सबै आरोपको निष्पक्ष छानबिन गरियोस्’ News Polar निर्वाचन प्रहरीको पोशाक खरिदबारे राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर अध्ययन गर्छौँ : ओली News Polar प्रहरीको पोशाक खरिद अध्ययन उपसमितिले पारित गर्‍यो १९ बुँदे कार्यविधि News Polar कांग्रेस महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि बिहीबार बिहान १० बजेदेखि मतदान

अधिवेशन अवधिभर राजधानि नछोड्न सांसदहरुलाई काँग्रेसको निर्देशन

अधिवेशन अवधिभर राजधानि नछोड्न सांसदहरुलाई काँग्रेसको निर्देशन
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले आगामी संसद अधिवेशनभर राजधानि नछोड्न सांसदहरुलाई निर्देशन दिएको छ ।

शुक्रवार बसेको काँग्रेस संसदीय दलको बैठकले आगामी संसद अधिवेशनभर राजधानि काठमाडौँ नछोड्न सांसदहरुलाई निर्देशन दिएको हो । विगतमा संसदको बैठक तथा समिति बैठकहरुमा गणपूरक संख्या नपुगेर बैठक स्थगित गर्नुपर्ने अवस्था आएकोले यस अधिवेशनमा भने सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्णय गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने र प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय भएको बताउनु भयो । उहाँले संसदको अधिवेशन चल्दासम्म नेपाली काँग्रेसका सांसदहरुलाई राजधानी नछोड्न निर्देशन दिइएको बताउनु भयो ।

यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नु परेमा संसदीय दलको प्रमुख सचेतक अथवा सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छोड्न निर्देशन दिइएको उहाँले स्पष्ट पार्नुभयो । काँग्रेस संसदीय दलले संसद र समितिको बैठकमा अनिवार्य उपस्थित हुन, बैठक चल्दासम्म बस्न र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिन पनि सांसदहरुलाई निर्देश गरेको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले सभा र समितिको बैठकमा मन्त्रीहरुको उपस्थिति अनिवार्य गराउन सरकारलाई आग्रह समेत गरेको छ । बैठकले संविधान कार्यान्वयनसँग सम्बन्धित विधेयकहरुलाई चाँडोभन्दा चाँडो प्रश्तुत गर्न सरकारलाई आग्रह पनि गरेको छ । त्यसैगरी काँग्रेसले संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई अपील पनि गरेको छ ।

बैठकको निर्णय बारे जानकारी दिँदै प्रमुख सचेतक लेखकले भन्नुभयो – ‘संसदीय दलको यो बैठक काँग्रेसका सम्पूर्ण सदस्यहरु, संसद र संसदका समितिहरुमा सम्पूर्ण गतिविधिमा अत्यन्त जिम्मेवारीपूर्वक क्रियाशिल रहन राष्ट्र र जनताका हितमा तत्परतापूर्वक काम गर्दै सोही अनुरुप विधायनको कार्य गर्ने र राष्ट्र र जनताको हित र सरोकारका विषयमा सदनमा उठाउने प्रतिवद्धता व्यक्त गर्दछौँ । संघीय शासन प्रणालीलाई सुदृढ बनाउनका लागि संविधान कार्यान्वयनसँग सम्बन्धित धेरै विधेयकहरु संसदमा प्रश्तुत हुन बाँकी छन् । ति विधेयकहरुलाई चाँडोभन्दा चाँडो प्रश्तुत गर्नका लागि सरकारलाई आग्रह गर्ने र संसदमा प्रश्तुत भएका विधेयकहरुलाई यसै अधिवेशनबाट पारित गर्नका लागि तदारुकताका साथ सहजीकरण गर्ने । आफ्नो भुमिका निर्वाह गर्न सरकारलाई आग्रह गर्नेकुरा गरेका छौँ ।

संसदका गतिविधिलाई व्यवस्थित गर्न र संसदलाई प्रभावकारी बनाउन अरु राजनीतिक दलहरुलाई पनि अपील गर्ने निर्णय गरेका छौँ । सभा र समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति अनिवार्य हुन्छ । त्यसकारण समितिको बैठक र सभाको बैठकमा मन्त्रीहरु अनिवार्य उपस्थित रहने, सांसदहरुको कुरा सुन्ने र सरकारलाई सदनप्रति उत्तरदायी बनाउनका लागि मन्त्रीहरुले गम्भिरतापूर्वक उपस्थित भएर काम गर्न सरकारलाई आग्रह गर्ने निर्णय ।

नेपाली कांग्रेसका सांसदहरु निरन्तर रुपले सभा र समितिहरुमा उपस्थित हुनुपर्ने, प्रभावकारी ढंगले काम गर्नुपर्ने निर्णय गरेका छौँ । संसदको अधिवेशन चल्दासम्म नेपाली काँग्रेसका माननीय सदस्यहरुले राजधानी नछोड्ने, यदि कुनै अत्यावश्यक कामले राजधानी छोड्नुप¥यो भनेपनि संसदीय दलको प्रमुख सचेतक या सचेतकबाट लिखित रुपले स्वीकृति लिएर मात्रै राजधानी छाड्न निर्देशन गरेको यो बैठकले सबै माननीयहरुलाई । र संसद, समितिको बैठकमा अनिवार्य उपस्थित हुने, बैठक चल्दासम्म बस्ने र क्रियाशिलतापूर्वक समिति र सभाको गतिविधिहरुमा भाग लिने भनेर पनि यो बैठकले निर्देश गरेको छ ।’

बैठकले संसदीय दलको विधान अनुरुप दलको समितिमा संयोजक तोकेको छ । जसअनुसार अर्थ समितिमा रामनाथ अधिकारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा डा. नारायण खड्का, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रमा कोईराला पौडेल र कानुन, न्याय तथा मानव अधिकार समितिमा नागिना यादवलाई संयोजकको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कुुसुमदेवी थापा, महिला तथा सामाजिक मामिला समितिमा आशा वि.क., राज्य व्यवस्था तथा सुशासन समितिमा दिलेन्द्रप्रसाद बडू, पूर्वाधार विकास समितिमा दिनेशकुमार यादव, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा लिलादेवी वोखिम लिम्बू र सार्वजनिक लेखा समितिमा श्यामकुमार घिमिरेलाई संयोजक तोकिएको प्रमुख सचेतक लेखकले जानकारी दिनुभयो । बैठकले नेपाली काँग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने र केन्द्रिय समितिलाई निर्वाचन समिति तोक्न अनुरोध समेत गरेको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब हामी नेपाली काँग्रेस संसदीय दलको कार्यसमितिको निर्वाचन गर्ने निष्कर्षमा पुगेका छौँ र चाँडै निर्वाचन गर्नका लागि नेपाली काँग्रेस केन्द्रिय कार्य समितिलाई निर्वाचन समिति तोकिदिनका लागि हामीले आज अनुरोध गरेका छौँ । आउँदो बैठकबाट नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिले निर्वाचन समिति तोक्छ । त्यसपछि संसदीय दलको कार्यसमितिको निर्वाचन सम्पन्न हुन्छ ।’

काँग्रेस संसदीय दलले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको तर्फबाट कोशी प्रदेशको एक जना उम्मेदवार पराजित हुनुलाई अनपेक्षित र गम्भिरतापूर्वक लिएको उहाँले बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका १९ वटा साझा उम्मेदवारहरु थिए । कोशी प्रदेशको जुन परिणाम प्राप्त भएको छ, त्यो अनपेक्षित छ भन्ने बैठकले ठहर गरेको छ । सत्तापक्षिय गठबन्धनका १९ वटा उम्मेदवारमध्ये कोशि प्रदेशमा दुई जना उम्मेदवार हुनुहुन्थ्यो । एकजना उम्मेदवार पराजित हुनुभयो । यो विषयलाई हामीले अनपेक्षित परिणामको रुपमा लियौँ र यो बैठकले यस विषयलाई गम्भिरतापूर्वक लिएको छ भनेर बैठकले निर्णय गरेको छ ।’

बैठकले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएका विकास आयोजनाको तत्काल कार्यान्वयन गर्न र बजेट कम भएका कारण सम्पन्न हुन नसक्ने योजनाहरुमा थप बजेट व्यवस्था गरी आयोजना सम्पन्न गर्न सरकारलाई आग्रह पनि गरेको छ । —न्युज एजेन्सी नेपाल