२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसियल अध्यक्ष शेर्पालीको प्रश्न -मिनबहादुर प्रति मौन बसेका व्यापारी चौधरी पक्राउ पर्दा किन छटपटी ?



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीले भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ पर्दा बोल्न अलमल गर्ने व्यवसायीक संघ संस्थाका अरुण चौधरी पक्राउ पर्दा तत्काल प्रतिक्रिया व्यक्त गर्नु पुर्वाग्रही एवं संकीर्ण मनोदशाले ग्रसित भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ- शक्तिको चलखेलका आधारमा होइन गलत पुष्टि भएको प्रमाण हेरेर जोसुकै हुन् कारबाही गर । राज्यको सम्पत्ति हसुरेर कानुनी रूपमा उन्मुक्ति हुने कोसिस नगर्दा नै सबैको भलो हुन्छ ।

उहाँले लेख्नुभएको छ-

नेपाली व्यापारी अझ पुराना तरकारी व्यापारी भनेर समेत चिनिएका भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ जो बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए उनी पक्राउ पर्दा चुपचाप बसेका ठुला घराना भनेर आफुलाई देखाउने व्यापारीहरुको महासंघ अर्बपती व्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ पर्दा क्षणभरमै पत्रकार सम्मेलन गरेर रोइलो गर्न भ्याएछन् ।

पक्राउको पर्नुको कारण के हो कन पक्राउ परे केहि नबुझी हतारमा सक्रिय हुने FNCCI र CNI को चर्तीकला अत्यन्तै पुर्वाग्रही एवं संकीर्ण मनोदशाले ग्रसित रहेछ ।

केही समय पहिले मेडिकल व्यापारी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा भनेका थिए केही पहुँचवाला व्यापारीको वरिपरि अर्थतन्त्र छ उनीहरू देश दुबाउदैछन भनेर…. । यश सन्दर्भमा उनको भनाइ सत्य नै हो जस्तो लाग्यो जनताले सरकारको देशमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने संकल्पलाई साथ दिएका छन् । अघि बढ प्रचण्ड गल्ती गर्नेहरू सजायको भागेदार हुनैपर्छ ।

शक्तिको चलखेलका आधारमा होइन गलत पुष्टि भएको प्रमाण हेरेर जोसुकै हुन् कारबाही गर । राज्यको सम्पत्ति हसुरेर कानुनी रूपमा उन्मुक्ति हुने कोसिस नगर्दा नै सबैको भलो हुन्छ ।