११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा परराष्ट्रमन्त्री खनाल र अमेरिकाकी राजनीतिक मामिला उपविदेशमन्त्री हुकर बीच टेलिफोन वार्ता बाढी प्रभावित क्षेत्र बाट फर्केपछि प्रधानमन्त्री के भने ? बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाइसियल अध्यक्ष शेर्पालीको प्रश्न -मिनबहादुर प्रति मौन बसेका व्यापारी चौधरी पक्राउ पर्दा किन छटपटी ?



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसियलका अध्यक्ष सुबोध शेर्पालीले भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ पक्राउ पर्दा बोल्न अलमल गर्ने व्यवसायीक संघ संस्थाका अरुण चौधरी पक्राउ पर्दा तत्काल प्रतिक्रिया व्यक्त गर्नु पुर्वाग्रही एवं संकीर्ण मनोदशाले ग्रसित भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक संञ्जालमा उहाँले लेख्नुभएको छ- शक्तिको चलखेलका आधारमा होइन गलत पुष्टि भएको प्रमाण हेरेर जोसुकै हुन् कारबाही गर । राज्यको सम्पत्ति हसुरेर कानुनी रूपमा उन्मुक्ति हुने कोसिस नगर्दा नै सबैको भलो हुन्छ ।

उहाँले लेख्नुभएको छ-

नेपाली व्यापारी अझ पुराना तरकारी व्यापारी भनेर समेत चिनिएका भाटभटेनी सुपरमार्केटका संचालक मीनबहादुर गुरुङ जो बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका थिए उनी पक्राउ पर्दा चुपचाप बसेका ठुला घराना भनेर आफुलाई देखाउने व्यापारीहरुको महासंघ अर्बपती व्यापारी बिनोद चौधरीका भाइ अरुण चौधरी पक्राउ पर्दा क्षणभरमै पत्रकार सम्मेलन गरेर रोइलो गर्न भ्याएछन् ।

पक्राउको पर्नुको कारण के हो कन पक्राउ परे केहि नबुझी हतारमा सक्रिय हुने FNCCI र CNI को चर्तीकला अत्यन्तै पुर्वाग्रही एवं संकीर्ण मनोदशाले ग्रसित रहेछ ।

केही समय पहिले मेडिकल व्यापारी दुर्गा प्रसाईंले सार्वजनिक रूपमा भनेका थिए केही पहुँचवाला व्यापारीको वरिपरि अर्थतन्त्र छ उनीहरू देश दुबाउदैछन भनेर…. । यश सन्दर्भमा उनको भनाइ सत्य नै हो जस्तो लाग्यो जनताले सरकारको देशमा सुशासन कायम गर्दै समृद्धि हासिल गर्ने संकल्पलाई साथ दिएका छन् । अघि बढ प्रचण्ड गल्ती गर्नेहरू सजायको भागेदार हुनैपर्छ ।

शक्तिको चलखेलका आधारमा होइन गलत पुष्टि भएको प्रमाण हेरेर जोसुकै हुन् कारबाही गर । राज्यको सम्पत्ति हसुरेर कानुनी रूपमा उन्मुक्ति हुने कोसिस नगर्दा नै सबैको भलो हुन्छ ।