३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा
अ+ अ-

तनहुँ। तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना परिवारको सम्पर्कमा आएका छन् ।

भिमाद-६ का नारायण मरासिनी, बालकृष्ण पोखरेल, सन्देश पोखरेल र गणेश उप्रेती गोसाइँकुण्ड तीर्थयात्राका लागि जानुभएको थियो ।

उहाँहरू चारै जना सकुशल रहेका परिवारसँग सम्पर्कमा जानकारी प्राप्त भएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिनुभयो । रसुवाको भोटेकोशी बाढीका कारण सम्पर्कविहीन भएका जिल्लावासीको खोजी गर्ने र अवस्थाबारे बुझ्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।

प्रजिअ तिवारीका अनुसार सम्पर्कविहीन हुनेमा भानु नगरपालिका-१ का सञ्जीव गुरुङ रहनुभएको छ । गुरुङसहित तीन जना व्यवसायको सिलसिलामा टिमुरेतर्फ जानुभएको थियो । भन्सार कार्यालयमा कार्यरत आँबुखैरेनी गाउँपालिका-३ का प्रेम सेढाईं, रसुवा हाइड्रोपावरमा काम गर्ने ऋषिङ गाउँपालिका-७ का धनबहादुर आले र शुक्लागण्डकी नगरपालिका-१२ जसपुर निवासी बिनु गुरुङ सम्पर्कविहिन रहेका बताउनुभयो ।

तिवारीले रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्र र आसपासमा पुगेका तनहुँमध्ये हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नरहेका व्यक्तिबारे तत्काल जानकारी गराउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ । उहाँले सम्पर्कविहीन व्यक्तिको खोजी तथा उद्धारमा सहजीकरणका लागि जिल्ला प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय वा सञ्चारमाध्यममार्फत तत्काल खबर गर्न अनुरोध गर्नुभएको छ ।

प्रमुख जिल्ला अधिकारी तिवारीले विपद्को यस कठिन अवस्थामा सबैले आ-आफ्नो भूमिका र जिम्मेवारीअनुसार खोजी, उद्धार तथा राहत कार्यमा सहयोग गर्न पनि आग्रह गर्नुभएको छ । रासस