३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह

बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह
अ+ अ-

काठमाडौँ। राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै उद्धार, राहत र पुनःस्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ र सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसँग मानवीय सहयोगका लागि अपिल गर्नुभएको छ ।

कम्बोडियाको फ्नोम पेनमा जारी दोस्रो अन्तर-व्यवस्थापकीय सभामुख/अध्यक्ष सम्मेलन (आइएससी-२) लाई सम्बोधन गर्दै उहाँले यही भदौ १० गते नेपालमा आएको अकल्पनीय विनाशकारी बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “यस सम्मेलनमार्फत संयुक्त राष्ट्रसङ्घ तथा सम्पूर्ण अन्तरराष्ट्रिय समुदायसमक्ष उद्धार, राहत र पुनःस्थापनाका लागि मानवीय सहयोग तथा ऐक्यबद्धताको हार्दिक अपिल गर्दछु ।”

बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकहरूको खोजी र यथाशीघ्र उद्धारका लागि पनि अध्यक्ष दाहालले अपिल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

जलवायु परिवर्तनमा नेपालजस्ता देश बढी पीडित

नेपालमा आएको पछिल्लो विनाशकारी बाढीको प्रसङ्ग जोड्दै अध्यक्ष दाहालले जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूका कारण सिर्जित सङ्कटमा परिरहेका बताउनुभयो । उहाँले जलवायु परिवर्तनबाट प्रभावित र पीडित राष्ट्रहरूका लागि विशेष अन्तरराष्ट्रिय कोषको व्यवस्था गर्न विश्वका संसद् र अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउनुभयो ।

“जलवायु परिवर्तनमा न्यून भूमिका रहेका नेपाललगायत राष्ट्रहरू अरूको कारणले पीडित छन्”, उहाँले भन्नुभयो, “पीडित राष्ट्रहरूका लागि विशेष कोषको व्यवस्था गर्न म सबै सांसद्हरूको ध्यानाकर्षण गराउन चाहन्छु ।”

शान्ति स्थापनामा नेपालको विशिष्ट अनुभव

‘शान्ति र साझा समृद्धिका लागि एकताः अन्तरराष्ट्रिय कानुनको सुदृढीकरण र विवादहरूको शान्तिपूर्ण समाधान’ विषयक तीनदिने सम्मेलनको दोस्रो दिन नेपालका तर्फबाट अध्यक्ष दाहालले सम्बोधन गर्नुभएको हो । सो क्रममा अहिले विश्व युद्ध, सशस्त्र द्वन्द्व, भूराजनीतिक प्रतिस्पर्धा, जलवायु परिवर्तन र तीव्र गतिमा विकसित हुँदै गएको प्रविधिका कारण शान्ति व्यवस्थापनान गम्भीर चुनौती थपिएको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले दशक लामो सशस्त्र द्वन्द्वबाट गुज्रिएको नेपालले बल प्रयोगबाट नभई संवाद, सहमति र मौलिक शान्ति प्रक्रियामार्फत द्वन्द्वको समाधान गरेको उल्लेख गर्दै सन् २००६ को विस्तृत शान्ति सम्झौताले नयाँ राजनीतिक अध्याय सुरु गरेको बताउनुभयो ।

जननिर्वाचित संविधानसभाबाट जारी संविधानले सङ्घीयता, गणतन्त्र, समावेशिता र मौलिक हकलाई संस्थागत गरेको उहाँले बताउनुभयो । नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गरिएको उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “यो सहज र छरितो प्रक्रिया थिएन । तर कठिन परिस्थितिमा पनि विचलित नभई नेपालको शान्ति प्रक्रिया मौलिक ढङ्गले सम्पन्न गर्न सकेको छ । हामी यसमा गर्व गर्दछौँ ।” रासस