७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको पानीः वैशाख दोस्रो सातादेखि धारामा दिनहुँ २–३ घण्टा पानी आउने



अ+ अ-

काठमाडौँ । काठमाडौँ बासीले लामो प्रतीक्षापछि मेलम्चीको पानी पिउन पाउने भएका छन् । वैशाख दोस्रो सातादेखि मेलम्चीकै पानी प्रत्येक घरमा आउने मेलम्ची खानेपानी विकास बोर्डले जनाएको छ । बोर्डका कार्यकारी निर्देशक तिरेप्रसाद खत्रीले आंशिकरुपमा परीक्षण गरेर चैत दोस्रो सातादेखि नै वितरण गर्न सकिने बताए ।

‘पूर्णरुपमा परीक्षण गरी वितरण गर्न भने अझै डेढ महिनाजति लाग्छ,’ कार्यकारी निर्देशक खत्रीले भने, ‘वैशाख दोस्रो सातादेखि वितरण हुन सक्छ ।’ परीक्षणका क्रममा साढे २६ किलोमिटर सुरुङ पार गरी मेलम्चीको पानी शनिबार मात्रै सुन्दरीजलमा खसालिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन ११ गते सुरुङमा पानी प्रवेश गराइएको थियो । सुरुङ निर्माण थालिएको १२ वर्षमा सम्पन्न गरी सुन्दरीजलमा पानी आइपुगेको हो ।

मेलम्चीको पानी आउन थालेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण क्षेत्रभित्र दिनहुँ साढे २ देखि ३ घण्टासम्म पानी दिइने कार्यकारी निर्देशक खत्रीले बताए ।अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।