५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनवरीमा आए ७९ हजारभन्दा बढी पर्यटक



फाईल फोटो
अ+ अ-

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १६ हजार चार सय ३६ भारतीय पर्यटक नेपाल आएका थिए ।

साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका छन् । रासस




भर्खरै