२५ जेष्ठ २०८३, सोमबार
,
Latest
नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम अध्ययन गरी परीक्षाको दिनुपर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । आगामी  जेठमा सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा जुटेका विद्यार्थीले तोकिएअनुसारको पूरै पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ  ।  

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको तयारी गर्नुपर्ने जानकारी सम्बद्ध अधिकारीले दिएका छन् । 

राष्ट्रिय परीक्षा बोर्डका एसईईतर्फका परीक्षा नियन्त्रक रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको र पूरै पाठ्यक्रमबाट प्रश्नसमेत आउने जानकारी दिए ।

उनले भने,  “हामीले पढाउने कुराको सहजताका लागि कुन विद्यार्थी स्वअध्ययन गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै पाठ्यक्रमबाट प्रश्नपत्र आउन सक्छ भन्ने हिसाबले परीक्षाको तयारी अघि बढाउनुपर्ने उनले बताए । गोरखापत्र दैनिकमा छ ।