१ मंसिर २०८१, शनिबार
,
Latest
उपनिर्वाचनको लागि काठमाडौ उपत्यकामा माओबादी र नेकपा एसको गठबन्धन लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने विराटनगरमा राष्ट्रिय कर दिवस एवं कर सप्ताह आजदेखि सुरु रुकुममा बस दुर्घटना हुँदा नौ जना घाइते माओवादी केन्द्र राष्ट्रिय राजनीतिमा ‘बाईबाई’ भइसक्योः पूर्वसञ्चारमन्त्री गुरुङ देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यकः अध्यक्ष दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: आर्मी गण्डकीसँग १३२ रनमा अलआउट



अ+ अ-

काठमाडौं । जारी प्रधानमन्त्री कपत्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई १३३ रनको मध्यम लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी ३९.१ ओभरमा १३२ रन बनाउदै अलआउट भयो । आर्मीका ओपनर इमरान शेखले सर्वाधिक ३४ रन बनाए । उनले ६४ बलमा ३ चौका र १ छक्का हिर्काए ।

सोमपाल कामीले २३, सन्तोष कार्की २, भीम सार्की १०, विनोद भण्डारी १९, कुशल मल्ल १५, साहब आलमले १२ र विवेक यादवले १ रन बनाउदा सन्दीप रजाली र बसिर अहमद शून्यमा आउट भए ।

गण्डकीका विपिन खत्री, अमृत गुरुङ, कृष्ण पौडेल र कमल परियारले २–२ विकेट लिए । सन्दीप पराजुली र रोशन गौतमले १–१ विकेट झारे ।

अहिले गण्डकीले जवाफि ब्याटिङ गरिरहेको छ । आर्मीलाई फाइनलमा पुग्न यो खेल जित्नुपर्ने दबाब छ । पराजित भएको खण्डमा भने बागमतीसँगको नेटरनरेटमा भरपर्नेछ ।