काठमाडौँ । नेपालले आईसीसी यू-१९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध चौथो विकेट गुमाएको छ ।
नेपालको चौथो विकेटमा कप्तान देव खनाल आउट भएका हुन् । उनी ६० बलमा तीन चौकासहित ३५ रन बनाएर जिसन आलमको बलमा क्याच आउट भए ।
नेपालले पहिलो विकेटमा बिपिन रावललाई गुमाएको थियो । उनी चौथो ओभरको पाँचौ बलमा मरुफ मृधाको बलमा क्याच आउट भएका थिए । उनले १२ बलमा २ रन बनाए ।
त्यसपछि आकाश त्रिपाठी १३ बलमा ३ रन बनाएर इक्बाल होसेन इमोनको बलमा आउट भए । यस्तै, नवौ ओभरको तेस्रो बलमा अर्जुन कुमाल रोहानत बोर्सोनको बलमा आउट भए । उनले २६ बलमा २ चौका सहित १४ रन बनाए ।
अहिले विशाल ब्रिकम केशी र गुलशन झा क्रिजमा छन् । ताजा स्थितीमा नेपालले २९ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको छ ।