११ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार बाढी प्रभावित परिवारका लागि डिग्निटी किट र अन्तर्वस्त्र पठाइयो भोटेकोसी बाढी प्रभावितका लागि एनसेल फाउन्डेसनकाे रु. १ करोड सहयोग राहत शिविर व्यवस्थित बनाउन र सडक–विद्युत्–सञ्चार तत्काल सुचारु गर्न प्रधानमन्त्रीको निर्देशन भोटेकोशी बाढीले रसुवाका ४० किलोमिटर सडक क्षतिग्रस्त विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसका युवा नेता भण्डारीले गरे पार्टी समाप्त हुने यस्तो खुलासा !



अ+ अ-

चितवन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले तोकिएको मितिमा महाधिवेशन हुन नसके कांग्रेस समाप्त (कोल्याप्स) हुने बताउनुभएको छ । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उहाँले अब भने महाधिवेशन तोकिएकै मितिमा गर्नुपर्ने बताउनुभयो । 
     
उहाँले महाधिवेशन अब सर्न नसक्ने भन्दै पार्टीलाई विधि र पद्धतिमा अगाडि लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस विधिअनुसार अगाडि बढ्नुपर्छ ।”  फरक प्रसङ्गमा उहाँले प्रतिपक्षले अप्ठ्यारोमा परेका समयमा देशको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । 

पार्टीभित्र कसलाई प्रधानमन्त्री बनाउने भन्ने महसुस हुनसक्ने तर, देशलाई अप्ठ्यारो परेका बेलामा निकास दिनुपर्ने उहाँको भनाइ थियो । सर्वोच्च अदालतले आइतबार गरेको फैसलाको प्रसङ्गमा उहाँले अदालतले गरेको फैसला विधिको विजय भएको टिप्पणी गर्नुभयो ।