२७ चैत्र २०८१, बुधबार
April 9, 2025 Wednesday

19.27°C

काठमाडौं

19.27°C

Kathmandu

Feels-like: 19.03

Wind: 3.09

Humidity: 68

Latest
कोशीदेखि लुम्बिनीसम्मका केही जिल्लामा पर्‍यो पानी, काठमाडौंमा आज पर्ला ? डिपोर्ट आदेशपछि अमेरिका नछाड्नेलाई दिनकै ९ सय ९८ डलर जरिवाना, तीन हजार नेपाली प्रभावित कन्सुलर महानिर्देशक बन्ने पहिलो महिला बनिन् द्रुपदा सापकोटा रवि जेल चलान भएपछि रास्वपाको सचिवालय बैठक आज, के गर्दैछ निर्णय ? वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्ण: अर्थमन्त्री पौडेल सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर पर्यटकीय क्षेत्र नरसिंहकोट जोड्न पदमार्ग छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ चैते दसैँमा कालिका भगवती मन्दिरमा ४२ लाख भेटी संकलन यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री कप: सुदूरपश्चिमलाई हराउदै एपीएफ विजयी



अ+ अ-
काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई तीन विकेटले पराजित गरेको छ ।
सुदूरपश्चिमले जितका लागि दिएको ८८ रनको सामान्य लक्ष्य एपीएफले १४ दशमलव एक ओभरमा सात विकेट गुमाउँदै पूरा गर्‍यो । एपीएफका लागि सन्दीप जोराले १८ रन बनाए भने आशिफ सेखले १५, भुवन कार्कीले १४, प्रदीप ऐरीले १२ तथा लोकेश बमले ६ रन जोडे ।
सुदूरपश्चिमका लागि दीपक चन्दले चार र नरेन साउदले तीन विकेट लिए ।
त्यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १६ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ८७ रनमा समेटियो । सुदूरपश्चिमका लागि नारायण जोशीले २५ बलमा तीन छक्का र तीन चौका प्रहार गर्दै अविजित ३१ रन बनाए । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा एपीएफका लागि चन्दन रामले पाँच विकेट लिए । त्यसैगरी, भुवन कार्की तीन र कप्तान रोहित पौडेलले दुई विकेट झारे ।