• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
Latest
★   एकै दिन ३४ लाख बाढीसम्बन्धी एसएमएस सम्प्रेषण ★   राष्ट्रपति पौडेलद्वारा जगन्नाथ रथ यात्राको शुभारम्भ ★   कुन देशमा जागिरेले थाप्छन् सबैभन्दा धेरै तलब ? ★   क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न गृहमन्त्रीलाई प्रमुख सचेतक शाहीको आग्रह ★   काँग्रेस–एमालेबिचको सहमती अपारदर्शी छ, स्थिरता दिँदैन: सांसद सापकोटा ★   प्रधानमन्त्री पुष्पकमल दाहाललाई समर्थन नगर्न रास्वपालाई एमाले सचिव भट्टराईको आग्रह ★   चित्रबहादुर केसीको प्रश्न: काँग्रेस–एमाले सहकार्य भुटानी शरणार्थी र गिरिबन्धु टिस्टेट प्रकरणबाट चोखिनका लागि हो ? ★   कसैको घरमा पाहुना बन्न जाँदै हुनुहुन्छ भने यी कुराहरुको विशेष ध्यान दिनुस् ★   शेखर कोईरालालक्षित काँग्रेस सांसद लिम्बूको टिप्पणी: नयाँ सरकार निर्माणमा धोकाधडी नहोस् ★   विश्व निकेतन स्कूलको झ्यालबाट छोएको बागमतीको ‘बाढी पो बाढी त’….

फ्रोजन माछा बेच्दै वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’



ललितपुर । आफ्नो जीवनको आधाभन्दा बढी उमेर नेपाली चलचित्र, टेलिचलचित्र र स्टेज कार्यक्रममा बिताईसकेका वरिष्ठ हाँस्यकलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले यसै हप्तादेखि नयाँ व्यवसाय शुरु गरेका छन्—चितवन माडीको पोखरीको माछालाई फ्रोजनको रुपमा काठमाण्डौ उपत्यकामा ल्याएर बेच्ने काम ।

यसको लागि उनी लगायत अरु तीनजना साझेदार मिलेर सो नयाँ व्यवसाय शुरु गरेका हुन् । चितवन माडीका चर्चित व्यवसायी बसन्त ढकालको अध्यक्षतामा ललितपुरका ‘मुलासाग’, ललितपुरकै रेनु शाक्य र रामेछापका युवा रुपेश वर्देवा मिलेर फ्रोजन माछाको व्यवसाय शुरु गरेका हुन् ।

यसको लागि ललितपुर महानगरपालिका वडा नं ४ वागडोलस्थित चक्रपथ बाहिर एउटा शोरुम तथा विक्री केन्द्र स्थापना गरिएको छ ।

‘अर्बन फिस एण्ड मिट सेन्टर प्रालि’को नामबाट व्यवसायीक फर्म दर्ता गरि माडी चितवनमा २६ विगाहा क्षेत्रफलमा बनाइएको पोखरीमा पालन गरिएको माछालाई सफा र प्रशोधनको साथै निश्चित तापक्रममा ब्लास्ट गरि माडीको तापक्रममै रहने गरि फ्रोजन गरेर विशेष भ्यानबाट बागडोलस्थित शोरुममा विक्रीको लागि ल्याइने गरिएको छ । यो फ्रोजन माछा एकचोटी खाएका माछा पारखीहरुले पटक पटक किनेर लैजाने वरिष्ठ हाँस्य कलाकार सुरेन्द्र केसी ‘मुलासाग’ले दावी गरे ।

काठमाण्डौ उपत्यकाका माछा खाने पारखीहरुलाई लक्षित गरि माडीका पोखरीमा पालन गरिएको माछा निश्चित तापक्रममा फ्रोजन गरेर ल्याई सोही तापक्रम कायम राखेर विक्री वितरण गर्ने गरिएको सो फर्मका अध्यक्ष बसन्त ढकालले बताए ।

माडीको बरुवामा रहेको २६ विगाहा क्षेत्रफलको जमीनमा बनाइएको माछापोखरीमा पालन गरिएको ताजा माछा काठमाण्डौको माग बमोजिम अहिले दैनिक दुई हजार किलोसम्म विक्री गर्ने लक्ष्य राखिएको र पछि यसलाई दोब्बर रुपमा विस्तार गर्न सकिने अध्यक्ष ढकालले बताए ।